“मेरो छोरालाई घुँडामुनि गोली हानेर समातेको भएनी हुन्थ्यो, नमारेको भए हुँदैन थियो र ?”



 

यही साउन २० गते काठमाडौँ महानगरपालिका–३२ काँडाघारीबाट भएको अपहरण एवं हत्याकाण्डमा तीन आमा पुत्र वियोगमा परेका छन् ।

 

काँडाघारीबाट ११ वर्षीय निशान खड्काको अपहरण र हत्यापछि प्रहरीको इन्काउण्टरमा मारिएका अपहरणकारीको आमाहरुको अवस्था पनि निशानकी आमा चमेली खड्काको जस्तै बनेको छ । नुवाकोट समरीका २४ वर्षीय अजय तामाङको ५३ वर्षीया आमा कासाङ लामा छोराको वियोगले शोकमा छन् । उनि मात्रै होइन ६ वर्षअघि मात्रै विवाह गरेकी २३ वर्षीया श्रीमती रजनी तामाङको अवस्था झन् नाजुक छ । साढे तीन वर्षकी छोरी सजनीले अब कहिल्यै बाबा भन्न नपाउने भएकी छिन् ।

 

अजयकी आमा कासाङ भन्छिन् , “मेरो छोरा अपराधी नै भए पनि नमारिदिएको भए हुन्थ्यो, ऊ मारिँदा मैले मात्रै छोरा गुमाइनँ, मेरी बुहारीले लोग्ने गुमाई, सानी नातिनीले आफ्नै बाबु गुमाई, उसलाई जति भए पनि सजाय दिएको भए हुन्थ्यो, जेलमै भए पनि छोरा बाँचेको छ त भन्न पाइन्थ्यो ।” “अपराधी नै भए पनि आमाबुबाका लागि छोरा प्यारो नै हुन्छ”, अजयका बाबु निमाले भने, “छोराको लास ल्याएर दाहसंस्कार सकियो तर अजयकी आमा र श्रीमतीलाई सम्झाउन सकिएन, यी दुईको पीडा हेरेर मलाई पनि बाँच्न गाह्रो भो ।”

 

विदेशमा बस्दा पनि राम्रोसँग कमाई गर्न नसकेका र काठमाडौँमा पनि राम्रो कमाई भएन भनेर घरमा भन्ने गरेको बताउँदै उनले बेलाबेलामा आठ–दश हजार रुपैयाँ पठाउने गरेको बताउछन् । “हामीलाई त उसको कमाईको कुनै मतलब थिएन, उसको श्रीमती र छोरीलाई पुगे भइहाल्थ्यो, अब त त्यो पनि सकियो, बुहारीलाई खै कसरी सम्झाउनु,” निमा भन्छन् ।

 

वैदेशिक रोजगारीमा इराक र मलेशियामा बस्दा भेट भएका सिन्धुपाल्चोक मासखर्कका २३ वर्षीय गोपाल तामाङसँगको सल्लाहले नै काठमाडौमा गएर घरमा रङ्ग लगाउने काम गर्न थालेको उनको भनाइ छ ।

 

बालक निशानको अपहरण र हत्या घटनामै प्रहरी इन्काउण्टरमा मारिएका अजयको साथी गोपालको आमाको अवस्था पनि उस्तै छ । इन्काउण्टरमा छोरा मारिएको नौ दिन बितिसक्दा पनि गोपालकी आमा छिन्डोमा तामाङको आँखा ओभाएको छैन । कक्षा ८ मै पढाइ छाडेर दुई पटक इराक, एक पटक दुबई र मेलेशिया बसेर आए पनि सन्तोषजनक रुपमा पैसा कमाउन नसके पनि घर खर्च धान्ने तथा भाइबहिनीलाई पढाउने गोपाल नै भएको उनि बताउछिन् ।

 

“भाइबहिनी हुर्केपछि बिहे गर्छु, अहिले कमाएको पैसा मेरो उपचारमै सकिन्छ भन्थ्यो, बेलाबेलामा घरमा आमा भन्दै आइपुग्थ्यो, ल्याएको आठ दश हजार पैसा छाडेर जान्थ्यो, शुक्रबार कि शनिबार सधैँ घरमा फोन गथ्र्यो”, आमा छिन्डोमा भन्छिन् , “मेरो छोरा भाग्नै खोजेको भए पनि घुँडामुनि गोली हानेर समातेको भए हुन्थ्यो, नमारेको भए हुन्थ्यो ।”

 

छोरा मारिएको खबर २१ गते पाए पनि विश्वास नलागेर २२ गते टिचिङ अस्पतालमा पुगेर शव हेरेपछि मात्रै आफूलाई विश्वास लागेको बताउने उनि गोपालको शव काठमाडौँमा दाहसंस्कार गरेर फर्किए पनि छोरा बिर्सन नसकेको बताउछिन् । अपहरणमा परी हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको आमा चमेलीको अवस्था झन् कारुणिक छ । श्रीमान् गणेश वैदेशिक रोजगारीमा गएपछि काठमाडौँमा दुई छोरी र एक छोराको जिम्मेवारी सम्हाल्दै खाजा पसल सञ्चालन गर्दै आकी चमेलीको एक मात्र छोरोको अपहरण पछिको बीभत्स हत्याले उनि निकै मर्माहित छिन् ।

 

एकैछिन अगाडिसम्म खाजा खाएर अगाडि नै खेल्दै गरेको छोराको आफ्नै पसलमा आउने नियमति ग्राहक र चिनजानका व्यक्तिले नै एकै छिनमा अपहरण गर्लान् भन्ने भेउसमेत नपाउँदै अपरहण गरी हत्या गरे पछिको पीडा सहन उनलाई निकै गाह्रो भएको छ । जतिखेर पनि “मेरो बाबु, मेरो छोरा” भन्दै छोराको सम्झनामा रोइरहने चमेलीका लागि जीवनभर निको नहुने घाउ बन्यो छोराको अपहरण र हत्या ।

 

“आमा म एकछिन खेलेर आउँछु है, भन्दै खेल्न गएको छोरा फर्कंदैन भन्ने के थाहा थियो र रु, मेरो बाबु म कसरी बिर्सनु ।” उहाँको पीडा उत्तिकै झल्कन्छ । अपहरण गरेपनि सँगै खेलेको, खाएको त्यो बालकलाई अपराधीहरुले नमारिदिएको भए पनि हुन्थ्यो नि भन्ने चमेलीको अवस्था निकै कारुणिक बनेको छ । लोभ, लालच र अपराधी मानसिकताले जन्मिएको बालक अपहरण र हत्या घटनाले अन्तत स् तीनवटी आमालाई सधैँका लागि पीडा दिएर गएको छ ।

 

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको