प्रकाण्डलार्इ थप दश दिन थुनामा राख्न अदालत लगिदै



हाम्रो इकोनोमि

 

गैरकानूनी रुपमा ७ करोडभन्दा बढी चन्दा उठाएको भन्दै साउन २२ गते पक्राउ परेका नेपाल कम्यूनिस्ट पार्टी माओवादी विप्लव समूहका नेता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई म्याद थप गर्न अदालत लगिदै छ।

 

प्रकाण्डलार्इ दश दिनको म्याद थपको माग राखेर अदालत पेस गर्न लागिएको प्रहरीले जनाएको छ।

 

सर्वोच्चले सोमबार बाटो म्याद बाहेक ४८ घन्टा भित्र उनलार्इ सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कायम मुकायम प्रधानन्यायाधीस ओम प्रकाश मिश्रको एकल इजलासले सरकारको नाममा थुनामा राख्नुको लिखित कारण सहित बाटोको म्याद बाहेक ४८ घन्टा भित्र सर्वोच्च अदालतमा पेस गर्न आदेश दिएको थियो।

 

अवैध रुपमा चन्दा उठाएको अभियोगम पक्राउ गरी गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै प्रकाण्डका छोरा नरेन्द्र बहादुर सिंह विकले आइतबार बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए।

 

विप्लव समुहका प्रवक्ता समेत रहेका प्रकाण्डविरुद्ध गैरकानुनी रुपमा ७ करोड भन्दा बढि चन्दा उठाएको भन्दै गत मंगलबार दक्षिणकाली नगरपालीकाको चाल्नाखेलबाट पक्राउ गरि प्रहरी हिरासतमा राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...