काठमाडौंबाट हराएका भनेको बालक यसरी परे फेला, आमाकै भूमिका शंकास्पद



हाम्रो इकोनोमि

 

सोमवार विहान काठमाडौंको गोंगबु (नयाँ बसपार्क) क्षेत्रबाट बेपत्ता भएका बालक फेला परेका छन् ।

 

बालक सोमवार राति नै फेला परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरायसी झगडाका कारण बालककी आमा सीता महतले ‘छोराको अपहरण’ भएको भन्दै मौखिक उजुरी दिएकी हुन् ।

 

तनहुँको शुक्लागण्डकी नगरपालिका घर भएको बताउने सीताले आफू काठमाडौं आउने बेला बसमा चिनजान भएका दिलबहादुर कार्कीले बच्चा अपहरण गरेको उजुरी प्रहरीमा दिएकी थिइन् ।

 

काम विशेषले काठमाडौं आएकी सीताले बसपार्कमा ओर्लेर शौचालय जाने बेला बसमा चिनजान भएका कार्कीलाई बच्चा र झोला जिम्मा लगाएको बताएकी थिइन् । शौचालयबाट फर्किने बेला बच्चा र झोला लगेर कार्की फरार भएको भन्दै सीताले महानगरीय प्रहरी बृत्त बौद्धमा मौखिक उजुरी दिएकी थिइन् ।

 

महानगरीय प्रहरी बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकुमार राईका अनुसार सीताले सोमवार विहान १० बजे मौखिक उजुरी दिएकी थिइन् ।

सीताको उजुरीका आधारमा प्रहरीले सोमवार दिनभर बच्चाको खोजी गरेको थियो ।

 

दिनभरी खोज्दा पनि बच्चा फेला नपरेपछि उजुरीकर्ता महिलामाथि नै छानबिन गरेको प्रहरीले बच्चा हराउनुको कारण घरायसी झगडा भएको पत्ता लगाएको छ ।

 

‘घरायसी झगडाका कारण बच्चा बेपत्ता भएको भनिएको रहेछ,’ महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले भन्यो, ‘पछि हराएका भनिएका बच्चा राति ८ बजेतिर परिवारको सम्पर्कमा आइसकेका छन् ।’

 

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाबाट खटिएको विशेष टोलीले दिनभर बच्चाको खोजी गरेको थियो ।

 

साँझ आमासँग नै सोधपुछ गर्दा हराएका बच्चा फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० धीरजप्रताप सिंहले लोकान्तरलाई बताए ।

 

प्रहरीका अनुसार आफू तनहुँबाट आएको बताउने महिला काठमाडौंको टोखामा बस्ने गर्छिन् । प्रहरीले सोमवार राति नै बच्चा र आमालाई उनीहरु बस्ने गरेको टोखाको घरमा पुर्‍याएर छाडेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...