बजार बन्द गर्दै हिडेका विप्लप माओवादीका १२ कार्यकर्ता पक्राउ



 

चितवनका विभिन्न स्थानबाट मंगलबार प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।

शान्ति सुरक्षाका लागि रातिदेखि नै खटिएको प्रहरी टोलीले विभिन्न क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई पक्राउ गरेको चितवनका

प्रहरी उपरीक्षक शुशिलसिंह राठौरले जानकारी दिए। केही व्यक्तिहरु गोजीमा ढुंगा, लाइटर बोकेर हिँडेको अवस्थामा, केही बजार बन्द गर्दै हिँडेको अवस्थामा र केही शंकास्पद गतिविधि देखाएकाले पक्राउ गरेर अनुसन्धान गरिरहेको उहाँले बताए।

उनीहरु विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हो होइन भन्ने बारेमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबैच विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण चितवनको जनजीवन पनि प्रभावित भएको छ।

लामो दूरीका सवारी चलेका छैनन्। भने छोटो दूरीका सवारीहरु फाट्टफुट्ट चलेका छन्। स्कुल, शैक्षिक संस्था मुख्य बजार तथा कलकारखानासमेत बन्द छन्। चितवनको भरतपुरस्थित रिजाल चोकमा शंकास्पद वस्तु भेटिएकाले सो क्षेत्रमा बम डिस्पोजल टोली पठाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।

प्रहरीले भने सुरक्षा चेकजाँचलाई कडा पारेको जनाएको छ। जिल्लामा कुनै अप्रिय घटना भने भएको छैन।

 

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको