गैंडाकोटमा रोकिराखेका दुई ट्रकमा आगजनी



हाम्रो इकोनोमि

 

नवलपरासीमा सोमबार राति १ बजेतिर चार जनाको समूहले रोकिराखेको दुई ट्रकमा आगजनी गरेको छ ।

 

पूर्वीनवलपरासीको गैंडाकोटमा रोकिराखेका ना२ख २५४८ र ना२ख ८४८७ नम्बरको दुई ट्रकमा सोमबार राति करिब १ बजेतिर चार जनाको अज्ञात समुहले आगजनी गरेका हुन् ।

 

गैंडाकोटको महेन्द्र पेट्रोलपम्प नजिकै रोकिराखेका पराल बोकेका दुई ट्रकमा भएको आगजनी प्रहरीले सिसिटिभीमार्फत देखेपछि तत्कालै पुगेर आगो नियन्त्रणमा लिएको हो ।

 

प्रहरीले आगजनीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता भएको हुनसक्ने अनुमान गरेको छ ।

 

मंगलबार नेकपाले आफ्ना खड्गबहादुर विश्वकर्मा लगायतका नेताकार्यकर्ता पक्राउ परेको विरोधमा नेपालबन्द आयोजना गरेका कारण प्रहरीले नेकपाका कार्यकर्ताले आगो लगाएको हुनसक्ने आशंका गरेको हो।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...