विप्लव माओवादीले भारतीय पेन्सन क्याम्पमा विष्फोट



हाम्रो इकोनोमि

 

बुटवलको फूलबारीस्थित भारतीय पेन्सन क्याम्पको शौचालयमा बम विष्फोट भएको छ । गएराति करिब साढे ९ बजेतिर भएको बम विष्फोटबाट शौचालय र बाथरुममा क्षति पुगेको छ । नजिकै रहेको जिल्ला सैनिक बोर्डको कार्यालय भवन समेत चर्किएको छ ।

 

बम बिष्फोटमा बन्दकर्ता विप्लव माओवादीको संलग्नता रहेको अनुमान छ ।

यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका ५ स्थित तुल्बुलिया पुलमा शंकास्पद बस्तु फेला परेको छ । पुलको मध्य भागमा रातो कपडाले बेरेको उक्त बस्तु बम हुनसक्ने आशंकामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

यस्तै बन्दको अवज्ञा गरेको भन्दै नेकपा कार्यकर्ताले रुपन्देहीको कटैयामा एउटा बसमा पेट्रोल छर्केर आगजनी प्रयास गरेका छन् । सो क्रममा एकजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

 

बन्द आह्वानका कारण बुटवलको लुम्बिनी बस टर्मिनलमा कुनै सवारी साधन छैनन् । बस समितिका टिकट काउन्टरहरु पनि बन्द छन् । पूर्व पश्चिम र सिद्धार्थ राजमार्गमा सार्वजनिक सवारी साधन चलेका छैनन् । शिक्षण संस्था र बजार पनि बन्द छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...