विप्लव नेकपाद्धारा बसमा आगजनी , देशभरको जनजीवन प्रभावित, ठाउँठाउँमा बम राखियो



हाम्रो इकोनोमि

 

 नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हानको गरेको नेपाल बन्दलाई सफल पार्ने नाममा मकवानपुरको टिष्टुङमा बसमा आगजनी भएको छ ।

मंगलबार विहान ६ बजे नेकपाका कार्यकर्ताले नयाँ  बसमा आगजनी गरेका हुन् ।

आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो ।

भन्सार छुटाएर काठमाडौं लैजाँदै गरेको स्कूलबस पूर्ण रुपमा क्षति भएको छ ।

 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेपाल बन्द आब्हानले देशभरको जनजीवन प्रभावित भएको छ । बन्द आब्हानका कारण सुरक्षाका कारण विद्यालयहरु पूर्णरुपले ठप्प भएका छन् ।

 

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात पातलिएको छ । उपत्यकाभित्रै बम फेला पर्दा त्रास झनै बढेको छ । भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा मंगलबार बिहानै प्रेसर ककुर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ ।

 

सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

 

दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

उनले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताए ।

 

त्यसैगरी पश्चिमी भेकमा बन्दको असर बढी रहेको छ । पश्चिममा सार्वजनिक यातायात ठप्प रहेका छन् । पूर्वतिर बन्दको सामान्य असर परेको छ ।

विभिन्न ठाउँमा शंकास्पद बस्तु राखिएको छ । केही ठाउँमा सुरक्षाकर्मी बम विस्पोजल टोलीले बम निष्क्रिय पारेको छ ।

चन्दा आतंक फैलाएको नाममा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले नियन्त्रणमा लिएपछि नेकपाले बन्द लगायतका विरोधका कार्यक्रम गरेको हो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...