प्यारामोटर उडाउने सरोज चेपाङलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार



हाम्रो इकोनोमि

 

प्यारा मोटर निर्माण गरेर सफल परीक्षणसमेत गरेका चितवन राप्ती नगरपालिका(२ गड्यौलीका सरोज चेपाङलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदले सम्मान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले आइतबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा २१ वषिर्य सरोजलाई युवा प्रतिभाबाट सम्मान गरेको हो ।

 

सम्मानसँगै उनले नगद १ लाख रुपैयाँसमेत प्राप्त गरेका छन् । काठमाडौंमा भएको कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र युवा तथा खेलकुद मन्त्री जगतवहादुर विश्वकर्माले सम्मान पत्र र १ लाखको चेक प्रदान गर्दै सम्मान गरे ।

 

विज्ञान तथा प्रविधिको क्षेत्रमा सामान्य परिवारका सरोजले गरेको योगदानको मूल्याङकन गर्दै मन्त्रालयले सम्मान गरेको हो ।

 

आगामी दिनमा आविस्कारको क्षेत्रमा प्रोत्साहन गर्न आफुलाई युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको काठमाडौमा रहेका सरोजले जानकारी दिए ।

 

सरोजले आफ्नै लगानीमा गत चैंत्रमा प्यारा मोटर निर्माण गरेर सफल परीक्षण गरेका थिए । उनी अहिले मिनी एयरक्राफ्ट (सानो जहाज) समेत निर्माण गरिरहेका छन् ।

 

सानो जहाजका लागि आवश्यक इन्जिन नभएपछि उनले एयर बोट निर्माणको काम पनि थालेका छन् । एयरबोटको काम अन्तिम चरणमा पुगिसकेको छ । सो एयरबोट नारायणी नदीमा परीक्षण गर्ने सरोजको योजना छ ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...