प्यारामोटर उडाउने सरोज चेपाङलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार



हाम्रो इकोनोमि

 

प्यारा मोटर निर्माण गरेर सफल परीक्षणसमेत गरेका चितवन राप्ती नगरपालिका(२ गड्यौलीका सरोज चेपाङलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदले सम्मान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले आइतबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा २१ वषिर्य सरोजलाई युवा प्रतिभाबाट सम्मान गरेको हो ।

 

सम्मानसँगै उनले नगद १ लाख रुपैयाँसमेत प्राप्त गरेका छन् । काठमाडौंमा भएको कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र युवा तथा खेलकुद मन्त्री जगतवहादुर विश्वकर्माले सम्मान पत्र र १ लाखको चेक प्रदान गर्दै सम्मान गरे ।

 

विज्ञान तथा प्रविधिको क्षेत्रमा सामान्य परिवारका सरोजले गरेको योगदानको मूल्याङकन गर्दै मन्त्रालयले सम्मान गरेको हो ।

 

आगामी दिनमा आविस्कारको क्षेत्रमा प्रोत्साहन गर्न आफुलाई युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको काठमाडौमा रहेका सरोजले जानकारी दिए ।

 

सरोजले आफ्नै लगानीमा गत चैंत्रमा प्यारा मोटर निर्माण गरेर सफल परीक्षण गरेका थिए । उनी अहिले मिनी एयरक्राफ्ट (सानो जहाज) समेत निर्माण गरिरहेका छन् ।

 

सानो जहाजका लागि आवश्यक इन्जिन नभएपछि उनले एयर बोट निर्माणको काम पनि थालेका छन् । एयरबोटको काम अन्तिम चरणमा पुगिसकेको छ । सो एयरबोट नारायणी नदीमा परीक्षण गर्ने सरोजको योजना छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...