ओली सरकारको पाँच महिने यात्रा : ९२ उपलब्धी

हाम्रो इकोनोमि

‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा बोकेर आएको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वका वर्तमान सरकारले पाँच महिने यात्रा पूरा गरिसकेको छ ।

वर्तमान सरकारको नारा समृद्धिको भए पनि अहिलेसम्म जनताले समृद्धिको अनुभव व्यवहारमा गर्न नपाइरहेको आलोचना भइरहेका बेला ओली सरकारले भने छोटो समयमै विभिन्न ९२ उपलब्धी हासिल भएको दावी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट बर्हिगमन भएर गएका बेला आफूहरु सरकारमा आएको र त्यो बेला सबैतिर समस्या नै समस्याको अवस्था रहेको र सबैतिरका समस्या टाल्नु पर्ने अवस्थालाई मिलाउँदै पाँच महिनाकै अवधिमा यी ९२ उपलब्धी हासिल भएको जनाइएको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले २०७५ साल असारसम्म गरेका महत्वपूर्ण कार्यहरु’ नामक पुस्तिका सार्वजनिक गर्दै यी उपलब्धीहरुका बारेमा सर्वसाधरणलाई जानकारी गराइएको छ । पुस्तिकामा पाँच महिनाको अवधिमा २० क्षेत्रमा विभिन्न उपलब्धी भएको दावी गर्दै तिनको सूची समेत दिइएको छ । त्यसमध्ये ‘सुशाासनका लागि मानक थालनी’ अन्तर्गत विभिन्न १३ खालका उपलब्धी हासिल भएको सरकारले दावी गरेको छ ।

यसैगरी ‘हवाई सेवा र पर्यटन पूर्वाधारमा उल्लेखनीय परिवर्तन’ शीर्षक अन्तर्गत ६ वटा उपलब्धी उल्लेख गरिएको छ भने ‘नेपालका आवश्यकता र प्राथमिकतामा आधारित विदेश सम्बन्ध’ अन्तर्गत ११ उपलब्धी हासिल भएको उल्लेख छ । पुस्तिकामा प्रधानमन्त्री ओलीको २३–२५ चैत्र २०७४ मा भएको भारतको ३ दिने राजकीय भ्रमण र ५–१० असार २०७५ मा भएको चीनको औपचारिक भ्रमण पनि उपलब्धीमूलक भएको उल्लेख गर्दै त्यसको सविस्तार चर्चा गरिएको छ ।

अर्थ–प्रशासनमा सुधार, राज्यकोषलाई उल्लेख्य लाभ’ शीर्षक अन्तर्गत १० वटा उपलब्धी भएको दावी गरेको सरकारले आफ्नो मुख्य नाराको रुपमा रहेको ‘सडक÷रेल पूर्वाधार निर्माणः तीब्र गतिमा काम’ शीर्षकमा ६ उपलब्धी हासिल भएको बताएको छ। यसैगरी ‘पूर्वाधार विकासमा छोटो समयका केही नतिजा’ भन्दै ६ वटा उपलब्धी भएको दावी सरकारको छ भने ‘ऊर्जामा आत्मनिर्भरता, राष्ट्रिय आयको दीर्घकालीन साधन’ शीर्षकमा २ उपलब्धी हासिल भएको भनिएको छ।

‘शिक्षा क्षेत्रमा दूरगामी महत्वका तीन प्रमुख काम’ भन्दै ती कामहरुको सूची दिइएको छ । ‘सुरक्षाको क्षेत्रमा भएका मुख्य पाँच काम’ भन्दै जम्मा ४ वटा कामको सूची उल्लेख गरिएको छ । ‘पुनर्निर्माणमा नतिजामुखी काम’ ४ वटा काम भएको दावी सरकारले गरेको छ । यसैगरी ‘कृषिको व्यवसायीकरण’ ४ वटा, ‘सामाजिक सुरक्षामा नयाँ थालनी’ अन्तर्गत ३ वटा, ‘प्रशासनमा शीघ्र र सहज सेवाको प्रवन्ध’ अन्तर्गत ४ वटा, ‘मेलम्ची खानेपानीः सपनाबाट यथार्थमा परिणत हुँदै’ शीर्षक अन्तर्गत ५ वटा उपलब्धी हासिल भएको चर्चा गरिएको छ ।

‘नमूना शहर र एकीकृत वस्ती निर्माणको आधार तयार’ अन्तर्गत ३ वटा, स्वास्थ्य क्षेत्रमा उपलब्धीमा औषधिको मूल्य निर्धारण’ अन्तर्गत ३ वटा, ‘उद्योगमा सफलताः फलाम खानी अन्वेषण’ अन्तर्गत ३ वटा उपलब्धी भएको बताउँदै सरकारले ‘अन्तर्राष्ट्रिय र प्रदेशस्तरीय रङ्गशाला निर्माणको तयारी’ अन्तर्गत २ वटा उपलब्धी भएको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...