प्रिन्सिपलबाटै ६ महिनादेखि किशोरीमाथि लगातार बलात्कार



हाम्रो इकोनोमि

 

विद्यालयको शिक्षक, त्यसमाथि प्रिन्सिपल विद्यार्थीले गलत बाटो समाते वा अनुचित आचरण देखाए सहि बाटोमा ल्याउन सम्झाउने र सुधार्ने काममा लाग्छ । तर, विद्यालयकै प्रिन्सिपल नै किशोरी बलात्कारमा पल्केको रहस्य सार्वजनिक भएको छ ।

 

धरान उपमहानगरपालिका–५ साउनेस्थित मदर इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल झमक बस्नेतले हाडनाताकी एक किशोरीलाई ६ महिनादेखि जबरजस्ती करणी गर्दै आएको घटना सार्वजनिक भएको छ । कक्षा १२ मा पढ्दै आएकी किशोरीलाई बस्नेतले ६ महिनादेखि लगातार जबरजस्ती करणी गर्दै आएको पाइएको छ ।

 

घटना सार्वजनिक भएपछि बस्नेत फरार छन् । आफूलाई कक्षा ११ मा पढ्दादेखि नै कसैलाई भने मारिदिने धम्की दिंदै जबरजस्ती गर्दै आएको किशोरीले बताएकी छन् । बस्नेतले गएको फागुन २५ गते पहिलो पटक किशोरीलाई जबरजस्ती करणी गरेको किशोरीले जानकारी गराएकी छन् । त्यसपछि हल्ला गरे परिवारै सिध्याई दिने धम्की दिंदै उनले निरन्तर करणी गर्दै आएका पीडितको भनाइ छ ।

 

पीडित परिवारले गएको असार १० गते इलाका प्रहरी कार्यालय धरानमा बस्नेतविरुद्ध उजुरी गरेका थिए । आफूविरुद्ध उजुरी परेको थाहा पाएपछि बस्नेतले उजुरी फिर्ता लिएर घरमै मिलाउन दबाब दिए । प्रहरीले समेत बस्नेतलाई पक्राउ नगरेपछि पीडित परिवारले न्याय माग्दै महिला सञ्जाल धरानमा गएको असार १८ गते निवेदन दिएका छन् ।

 

सञ्जालकी अध्यक्ष सविता राईले बस्नेतमाथि कार्बाहीका लागि पहल भइरहेको बताइन् । धरान उपमहानगरपालिकाको न्यायिक समिति, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय धरानमा आइतबार पीडित परिवारले दोषीमाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका छन् ।

 

बस्नेतका साहिंला भाइ समशेर बस्नेत (दीपक) लगायतले पीडित परिवारलाई मोटो रकमको प्रलोभन दिंदै मिलापत्र गर्न दबाब दिंदै आएका पीडित किशोरीका परिवारले जनाएका छन् । ‘३० लाख रुपैयाँ र दुई कट्ठा जग्गा दिन्छौँ, कतै निवेदन नदिनु । छोरीकै बदनाम हुन्छ भन्दै धम्क्याउने काम गरिरहेका छन्,’ किशोरीका बुबा भन्छन् । बलात्कृत किशोरी मानसिक समस्यामा परेकी छिन् ।

 

घटनापछि उनको पढाइ पनि प्रभावित भएको परिवारका सदस्यले बताएका छन् । किशोरीलाई १३ दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक विभागमा १३ अघि भर्ना गरिएको छ । हाल उनी औषधि खाएर चिकित्सकको निगरानीमा बसेकी छिन् ।

 

बस्नेतले आफ्नै विद्यालयका अन्य छात्रालाई पनि दुव्र्यवहार गर्ने गरेको महिला सञ्जालकी अध्यक्ष सविता राईले जानकारी गराइन् । ‘बस्नेतले अरूलाई अफिसमा बोलाएर संवेदनशील अङ्गमा छुने, धाप मार्ने जस्ता गतिविधि गर्ने गरेको उजुरी परेको छ,’ राईले भनिन् ।फाइल तस्विर

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...