हेलिकप्टर दुर्घटनामा १३ पर्वतारोहीको मृत्यु



हाम्रो इकोनोमि

 

 

ताजिकिस्तानको पर्वतीय क्षेत्रमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार १३ पर्वतारोही र चालक दलका तीन जना हराइरहेका अधिकारीहरूले बताएका छन् ।

 

सो दुर्घटना आइतबार स्थानीय समयानुसार अपराह्ण ५ः३० बजे भएको बताइएको छ । उनीहरूको मृत्यु भएको आशंका व्यक्त गरिएको छ ।

 

रुसी समाचार संस्थाहरूका अनुसार फोर्टाम्बेक हिमताल भएको इस्मोइली सोमोनी पर्वतको आधार शिविरबाट ती पर्वतारोहीहरू सो हेलिकप्टरमा चढेका थिए । समाचार संस्था एफएफपीका अनुसार खोजी तथा उद्धारका लागि दुईवटा हेलिकप्टर दुर्घटनास्थलतर्फ पठाइएका छन् । अधिकांश पर्वतारोहीहरू रुसी भएको विश्वास गरिएको छ ।

 

सात हजार चार सय ९५ मिटर अग्लो इस्मोइली सोमोनी ताजिकिस्तानको सर्वोच्च शिखर र एउटा प्रमुख पर्यटकीय आकर्षण हो ।ताजिकिस्तान सोभियत संघमा हुँदा सो पर्वतलाई ‘कम्युनिजम पिक’ अर्थात् ‘साम्यवादी शिखर’ भनिन्थ्यो । सन् १९९८ मा दशौँ शताब्दीका ताजिक राष्ट्रनायकको स्मृतिमा यसको नयाँ नामकरण गरियो । यो ‘संसारको छानो’ का रूपमा वर्णित पामिर पर्वतमालामा पर्छ । बीबीसी

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...