भदौ १ देखि बिरामी नजाँच्ने चिकित्सक संघको घोषणा



हाम्रो इकोनोमि

 

नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन गर्न माग गरेको छ । नभए भदौ १ बाट एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र बिरामी नजाँच्ने बताएको छ ।

संघले सोमबार पत्रकार सम्मेलन गरेर भदौ १ गते देशभरका चिकित्सकहरुको एप्रोन र लाइसेन्स काउन्सिलमा बुझाउने घोषणा गरेको हो । ‘यो स्थिति नआओस् भन्ने कामना गर्छौं’ अध्यक्ष मुक्तिराम श्रेष्ठले बताए ।

विदेश जान लाग्दा ठगिएकाहरु भन्छन्-देशमा सरकार छ र ?

तनहुँका कुमार श्रेष्ठ आजभोलि विभिन्न सरकारी निकायमा धायको धायै छन् । आफ्नो ६ लाख ६० हजार रुपैयाँ खाएर एक कन्सल्टेन्सी सञ्चालक फरा भएपछि उनी कम्ता तनावमा छैनन् । कोरियाबाट कमाएर ल्याएको पैसा ठगिएपछि उनलाई कसरी फर्ता लिने भन्ने छटपटी छ ।

खुलेआम ठूलो रकम ठगी गरेर फरार भएका अभियुक्त पक्राउ पर्न नसक्दा उनलाई आशंका लाग्न थालेको छ-‘यो देशमा सरकार छ र?’

उनले कुनै गल्लीमा खुलेको सानो म्यानपावरमा पैसा बुझाएका हैनन् । बानेश्वरको चोकैमा सानदार कार्यालय रहेको कोरल एजुकेशनले ठग्यो ।

 

कुमारले संसद भवनअघि गज्जबको कार्यालय खोलेर बसेका ‘भलादमी’लाई विदेश पठाइदिने आशामा रकम बुझाएका थिए । तर, ती भलादमी अफिस बन्द गरेर थुप्रै युवाको रकम कुम्ल्याएर बेपत्ता भइदिए । अफिसको ढोकामा टाँसिएको सूचनामा उल्लेख  थियो-‘७ दिनभित्र नयाँ अफिसको लोकेशन जानकारी गराउँछाैं ।’

 

कोरल एजुकेशनका सञ्चालक कृष्णबहादुर सीके अहिले २ सयभन्दा बढी युवाको करोडौं रकम लिएर बेपत्ता छन् । अनौठो के छ भने रकम लिएर भागेका कृष्ण पीडितहरुलाई भाइबरमा म्यासेज गरिरन्छन् र पैसा फिर्ता गर्ने आश्वासन दिइरन्छन् ।

 

कुमारसहितका पीडिते सीकेलाई पक्राउ गर्न गृहमन्त्रालयसहित प्रहरीलाई गुहारेका छन् । महानगरीय अपपरधान अनुसन्धान महाशाखा र केन्द्रीय अनुसन्धान ब्येरो (सीआईबी)मा उजुरी दिएका छन् ।

आफूविरुद्ध केही युवाले सक्रियता देखाएपछि सीकेले समय-समयमा पीडितलाई नै धम्कीपूर्ण म्यासेज पनि पठाउँदैछन् ।

कुमारलाई सीकेले युरोपमा सेटल गरिरिदने भन्दै ७ महिना झुलाएका थिए । तर, अन्तिमा रकम गुटमुटाएर टाप कसे ।

कुमार मात्रै विनोद शर्माको पनि हालत उस्तै छ । उनलाई सीकेले बेल्जियम पठाइदिने लोभ देखाए र उनले तत्कालै साढे २ लाख रुपैयाँ बुझाए ।

 

तर, १८ महिनासम्म विभिन्न बाानाबाजी गर्दै झुलाए । उनललाई सीके पैसा नै खाएर भाग्लान् भन्ने लागेको थिएन । तर, अन्तिममा उनी पनि सीकेको ठगीको शिकार बने ।

 

विनोद र कुमार त प्रतिनिधि पात्र मात्र हुन् । सीकेले ठगी गरेपछि अलपत्र परेका युवाको संख्या २ सयभन्दा बढी छ । एउटै व्यक्तिसँग साढे १८ लाख रुपैयाँसम्म उठाएर सीके फरार भएका छन् ।

 

सीकेको खोजी भइरहेको प्रहरी बताउँछ । तर, सीकेले अझै पीडितहरुलाई प्रहरी प्रशासनमा नजान भन्दै म्यासेज गरिरहेका छन् । तर, पीडितले गृहमन्त्री रामबहादुर थापालाई समेत भेटेर आफू ठगिएको जानकारी दिइसकेका छन् ।

गृहमन्त्रीले पीडितसँग यस्तो ठगी नियन्त्रण गर्ने प्रतिवद्धता गरे पनि अझै सीके समातिएका छैनन् । प्रहरीमा नै उजुरी दिएको २ महिना भइसकेको छ ।

 

सीकेले कोरल एजुकेशनसहित रोयल एजुकेशन एण्ड एचआर सोलुसनमार्फत पनि युवालाई ठगेका छन् । उनले अमेरिका, क्यानडा, युरोपियन देशहरु, अष्ट्रेलिया लगायतका मुलुकमा मल्टिपल भिसा लगाइदिने र केही समयपछि पीआर समेत दिलाउने प्रलोभन देखाएर ठगी गरेको पाइएको छ ।

एजुकेशन कन्सल्टेन्सीका रुपमा खोले पनि सीकेले अधिकांश युवासँग आकर्षक मानिने देशहरुमा कामका लागि पठाउने भन्दै रकम उठाएको पाइएको छ ।

 

ऋण गरेर विदेश जाने आशमा रकम बुझाएका पीडितहरु अहिले ठगलाई पक्रिएर रकम फिर्ता गराइदिन माग गर्दै विभिन्न निकायमा धाइरहेका छन् । सीकेले आफ्ना विभिन्न कम्पनी फरक-फरक संस्थाका नाममा युवाहरुलाई रकम लिएको रसिद थमाएको भेटिएको छ ।

 

उनले सञ्चालन गरेको कोरल एजुकेशन पनि सीकेको भतिजा बताउने गाैतम बुढाथोकीको नाममा दर्ता गरेको पाइएको प्रहरी स्रोतले बताएको छ । ‘सीकेकी श्रीमती र छोरी भागेका छैनन् । तर, डिभोर्स भएको दावी उनीहरुले गरिरहेका छन्,’ पीडितहरु भन्छन्,’प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरेमा सीकेलाई पक्रिन गाह्रो छैन ।’

 

संसद भवन अगाडि कार्यलय खोलेर ठगी हुँदा पनि राज्य बेखबर हुनु अनौठो भएको पीडितहरुको भनाइ छ । ‘हामी यति धेरै पीडित छौं, उजुरी परेको पर्‍यै छ । सीके हामीसँग सम्पर्कमा नै छ,’ श्रेष्ठ भन्छन्,’तर, पक्राउ पर्न सकिरहेको छैन । यसले देशमा सरकार छ जस्तो अनुभव हामीलाई भइरहेको छैन ।’

 

स्याङजा स्वरेक-८ घर भएका सीके काठमाडौं बस्दै आएका थिए । सीकेले बानेश्वरको कोरल एजुकेशन कन्सल्टेन्सी, बसुन्धराको रोयल एजुकेशन कन्सल्टेन्सी र रोएल एचआर सोलुसनमार्फत विदेश पठाएर आकर्षक तलब सुविधा दिने लोभ देखाउँदै ठूलो रकम ठगी गरेका छन् ।

यी संस्थाका नामबाट राष्ट्रिय पत्रपत्रिकामा सूचना निकाल्दै सर्वसाधारणलाई ठगी गरिएको हो ।

यस्तै लेखनाथ सुवेदी २ लाख १० हजार, सोभित शर्माको १ लाख ५० हजार, समीर तिवारीको १ लाख ५० हजार, देबकुमार श्रेष्ठको १ लाख, सागर पुरी र गजेन्ऽ बमको १/१ लाख, सरोज श्रेष्ठको ६० हजार, सन्दीप श्रेष्ठको ५० हजार लिएको विवरण प्रहरी समक्ष पुगेको छ ।

 

अरु धेरै युवाले पनि सीकेबाट ठगिएको भन्दै उजुरी दिइरहेका छन् ।सीकेले लक्ष्मी श्रेष्ठसँग ६ लाख ६० हजार, बिदुर घतानेसँग ६ लाख, गोविन्द रेग्मीसँग ५ लाख, ओमबहादुर पुनको ४ लाख, राज कुमार कार्कीको ४ लाख, उर्मिला पुनको ३ लाख ७० हजार, आर्यान जोशीको २ लाख र प्रविनजंग बस्नेत २ लाखरुपैयाँ ठगेका छन् ।

 

ब्याजमा ऋण खोजेर सिकेलाई बुझाएको भन्दै सावा ब्याजसहित पैसा फिर्ता गराउनुपर्ने पीडितहरुको माग छ । सीकेले भबिस खड्का, प्रबिनजंग बस्नेत, देबकुमार श्रेष्ठ र गजेन्द्र बमलाई बाउन्स चेक दिएका थिए ।

पीडितले ठगेर फरार भएका सीकेलाई छिटो पक्रिएर आफूहरुलाई न्याय दिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...