मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु



हाम्रो इकोनोमि

 

धनुषाको मिथिला नगरपालिका–४ पुष्पवलपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार ज.१०.प. ८०१८ नंको मोटरसाइकलमा सवार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित जनज्योति बोर्डिङ स्कूलका प्रअ प्रेमचन्द्र यादव कुसियतको दुर्घटनामा परी घटनास्थलमा नै मृत्यु भएको हो । गएराति करीब ९ बजे मोटरसाइकल अनियन्त्रि भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल उछिट्टिएर नाम ठेगाना खुल्न नसकेका एक पैदल यात्रीसमेत घाइते भएका छन् । पैदल यात्री डाक बम रहेको उनी सिरहाको उत्तराहिनीबाट जल बोकी महोत्तरीको टुटेश्वरनाथ मन्दिरमा जल चढाउन गइरहेका थिए । घाइते डाक बमलाई राति नै स्थानीय स्वास्थ्य उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...