संसदमा मन्त्री अधिकारीको जवाफ– वाइड बडी विमान खरिदमा भ्रष्टचार, दोषीलाई कारवाही गर्ने तयारी



हाम्रो इकोनोमि

 

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिदको सम्बन्धमा प्रश्न उठेपछि मन्त्रालयले सुक्ष्म ढंगले छानबिन शुरु गरेको बताएका छन् ।

 

प्रतिनिधिसभाको सोमवारको बैठकमा सभामुखसँग समय लिएर मन्त्री अधिकारीले जहाज खरिदका क्रममा विगतमा भएको प्रक्रियाबारे अध्ययन अनुसन्धान भइरहेको र दोषी पाइए कारवाही हुने बताएका हुन् ।

 

ʻदुईवटा जहाज खरिदका सन्दर्भमा भर्खरै पनि माननीय सदस्यले प्रश्न गर्नुभयो । केही प्रश्न बाहिर पनि उठेका छन् । जहाज खरिदको लामो प्रक्रिया छ । लामो प्रक्रिया पूरा गरेर दुईवटा विमान आएका छन् ।

 

खरिद प्रक्रियाको सम्बन्धमा मन्त्रालयले सुक्ष्म ढंगले अध्ययन र अनुसन्धान गरिरहेको छ । हाम्रो अध्ययनपछाडि सदनलाई जानकारी गराउँछु ।ʼ मन्त्री अधिकारीले भने, ʻअरु थप जहाज आवश्यक छ । मुख्य कुरा निगमको विमानलाई संसारका विभिन्न ठाउँमा पुर्‍याउनु र प्रतिष्ठालाई माथि उठाउनु आजको आवश्यकता हो । गलत छ, छानबिन र कारवाहीको दायरामा आउँछ, एयरलाइन्स निर्वाद् रूपमा अगाडि बढ्छ ।ʼ

 

मन्त्री अधिकारीले अटोमेसन प्रणालीमार्फत् इटिकटिङको व्यवस्था गरिएपछि टिकट बेचबिखनमा केही अनियमितता नहुने बताए ।

 

मन्त्री अधिकारीले पर्वतारोहणमा जाने पर्यटकको फर्जी उद्धारका सम्बन्धमा समेत सरकारले छानबिन गरिरहेको र दोषीमाथि कारवाही गर्ने बताए ।

 

यसअघि नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले वाइड बडी जहाज खरिदमा अनियमितताको आशंका रहेको बताएका थिए । उनले प्रतिप्रश्न गर्दै वाइड बडीमा वारेन्टी छ, छैन ? भनेर प्रश्न गरे ।

 

सांसद सुजाता कोइरालाले अन्तर्राष्ट्रिय विमानहरू आकाशमा होल्डिङ भइरहेको समयमा नयाँ जहाज थपेर कसरी व्यवस्थापन गर्नुहुन्छ ? भनेर प्रश्न सोधिन् ।

 

संसदमा भएको प्रश्नोत्तरको जवाफमा मन्त्री अधिकारीले जहाज आउनु ज्यादै राम्रो भएको र केही गल्ती भएको भए सरकार र सदनले नछाड्ने बताए । ʻनेपाल एयरलाइन्सलाई प्रभावकारी ढंगले अगाडि बढाउनु आवश्यक छ । केही कमजोरी छ भने छानबिनको दायरामा आउछ,ʼ उनले भने ।

अन्तर्राष्ट्रिय विमान समयमा उड्ने र दुई महिनापछि टिकट लुकाउने अवस्था नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...