घरधनीले बहाना बनाएर डेरावाललाई हटाए ३ महिनासम्म अर्कोलाई दिन नपाउने , कर घरधनी आफैले तिर्नु पर्ने



 

शहरी क्षेत्रमा घर भएकाहरुलाई अब कानूनले कडाई गर्ने भएको छ । घरभेटी अथवा घरधनीले विनाकारण डेरावाल ‘बहालवाला’ लाई हटाउन पाउने छैनन् ।  भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी (संहिता) ऐन २०७४ ले घरधनी र बहालवालाको विषयमा पनि बोलेको छ । घरधनीले बेलेमा सच्चिनु पर्नेछ ।

 

अब घरधनीले बहाना बनाएर बहालवालालाई निकाल्न पाउने छैनन् । कतिपय घरधनीले आफ्ना लागि आवश्यक भएको भन्दै बहालवालाई घर अथवा कोठा खाली गर्न लगाउने र तुरुन्तै अर्कोलाई रुपैयाँ बढाएर भाडामा लगाउने गरेका छन् । अ बति घरधनीलाई मुस्किल पर्ने छ ।

 

पछिल्लो समय घरबहाल भन्दा होस्टेलबाट रकम बढी आउने देखेर धेरैले विना दर्ताका होस्टेल सञ्चालन गर्न दिएका छन् । घरबहालमा बसिरहेका मान्छेलाई हटाएर होस्टेल चलाउन दिने गरिएको छ । यतिसम्म कि होस्टेल कमाउ धन्दा भएको छ । केही दिन पहिलेमात्रै होस्टेलको अनुगमन गर्दा काठमाडौँका केही ठाउँमा परिवार नियोजनका साधन, चरेस लगायत भेटिएको भन्दै निगरानी बढाईएको छ ।

 

घरधनीले बहाना गरेर बहालवालाई निकालेमा ३ महिनासम्म अर्कोलाई बहालमा दिन नपाउने व्यवस्था गरिएको छ । फेरि बहालमा लगाउँदा पनि पहिलेकै व्यक्तिले  लिन चाहेमा प्राथमिकता पाउने समेत ऐनमा भनिएको छ ।

 

आफैंलाई आवश्यक रहेको बहाना गरी बहालवालाई हटाएको भए घरभेटीले ३ महिनासम्म आफूले प्रयोग नगरी अन्य व्यक्तिलाई बहालमा दिने पाउने छैनन् । ऐनमा भनिएको छ, ‘बहालमा दिने भएमा पहिले बहालमा रहेको व्यक्तिले लिन चाहेमा प्राथमिकता पाउनेछ ।’

ऐन अनुसार घरधनी आफैंलाई आवश्यक परेको भए कम्तीमा पनि ३५ दिनअघि नै बहालवालालाई लिखित जानकारी गराउनु पर्नेछ ।

 

बहालमा लिएको व्यक्तिले घरभित्र कानुनले निषेध गरेको कसुरजन्य क्रियाकलाप गरेमा, घरबाट मानिस हटाएरै गरिनु पर्ने मर्मत सम्भार गर्नुपरेमा, प्राविधिक तथा स्वास्थ्य दृष्टिले त्यो ठाउँ मानिसका लागि बसोबास गर्न अयोग्य देखिएमा, घरबहालको सम्झौता अवधि समाप्त भएमा र सम्झौता विपरीत केही काम गरेको प्रमाणित भएमा बहाल लिने व्यक्तिलाई हटाउन सक्ने कुरा पनि ऐनमा लेखिएको छ ।

 

घरधनी र बहालवाला दुबैको दायित्व 
घरधनी र बहालवाला दुवैका दायित्व पनि ऐनमा उल्लेख गरिएको छ । घरधनीलले बहालमा बसेको व्यक्तिलाई सम्झौता अनुसार घर उपयोग गर्न दिनुपर्ने,

 

सम्झौतामा अन्यथा उल्लेख भएको अवस्थामा बाहेक पानी, बिजुली, ढल निकास तथा सरसफाईको व्यवस्था घरधनीको दायित्वमा पर्नेछ । बहालमा बस्ने व्यक्तिलाई त्यस्तो घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा, हैरानी वा अशान्ति हुनबाट घरधनीले नै रोक्नुपर्नेछ ।

 

तोकिएको समयमा घरधनीलाई बहालको रकम भुक्तानी गर्नुपर्नेछ । बहालमा लिएको घर आफ्नो घर सरह मानेर सरसफाई, हेरचाह र सुरक्षा गर्नुपर्नेछ । बहालमा बस्नेले आफू बहालमा रहेको घरका अन्य छिमेकीलाई अशान्ति र असुरक्षा हुने कुनै क्रियाकलाप गर्न नहुने भनिएको छ ।

बहालमा दिएको घर अथवा कोठाको कर लगायत अन्य दस्तुर बुझाउनुपर्ने दायित्व घरधनीकै हुनेछ । कतिपय घरधनीहरुले कर बढेको भन्दै मनोमौजी भाडा बढाउने गरेका छन् । अब त्यसरी मनमौजी गर्न पाईने छैन ।

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको