काठमाडौंबाट फेरि अर्को ९ वर्षीय बालकको अपहरण



काठमाडौंको गंगबुबाट एक जना बालक बेपत्ता भएका छन् ।

आइतबार तनहुको शुक्लागण्डकी नगरपालिकाबाट काठमाडौं आएका सीता महतका ९ वर्षीय छोरा सिजान्त महत बेपत्ता भएका हुन् ।

 

सोमबार विहान काठमाडौं आइपुगेका बालककी आमाले प्रहरीमा दिएको उजुरी अनुसार तनहुबाट काठमाडौं आइपुगे लगत्तै उनको छोरा ‘अपहरण’ मा परेका हुन् ।

 

तनहुबाट सोही गाडीको एकै सीटमा बसेका आएका दिलबहादुर कार्कीले छोरा सिजान्तलाई अपहरण गरेको भन्दै उनकी आमा सीताले प्रहरीमा जाहेरी हालेकी छिन् ।

एउटै सिटमा बसेका मेडिकल कलेजमा काम गर्छु भन्ने दिलबहादुर कार्कीसँग चिनजान भएको उनको भनाइ छ ।

 

काठमाडौंमा उत्रिएसँगै गाडीमा चिनजान भएका कार्कीलाई छोरा सिजान्त, झोला जिम्मलगाएर शौचालय गएकी सीता फर्केर आउँदा छोरा थिएनन् भने उनको झोला, मोबाइलसमेत लिएर कार्की त्यहाँबाट हिडेको उनले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेकी छिन् ।

प्रहरीले घटनाबारे छानवीन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको