प्रहरीले समात्यो १० किलो चरेस, ६ जना पक्राउ



हाम्रो इकोनोमि

 

प्रहरीले १० किलो चरेसहित ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । अबैध लागू औषध चरेश संचय गरी बिक्री वितरणको लागि ओसार पसार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले काठमाडौंको ज्याठाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
आइतबार साँझ साढे पाँच बजे उनीहरुलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गबाट प्रहरी निरिक्षक जितेन्द्र श्रेष्ठको कमाण्डमा खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १० किलो चरेसजस्तो देखिने वस्तु फेला परेको प्रहरीले बताएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई अहिले अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेहरुमा बाग्लुङ स्थायी घर भई गंगबु बस्ने रोजन छंत्याल, सुजन मगर र बिशाल मगर, काभ्रे घर भई डल्लु बस्ने राम मगर, कास्की घर भई डल्लु संजय सुबेदी, रोल्पा घर भई नयाँबसपार्क बस्ने शेरबहादुर पुनमगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...