महेन्द्र पथमा नेपाली कांग्रेस -राजेन्द्र अर्याल
संविधानले नै नेपाललाई समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरणको निम्ति मार्गनिर्देश गरेको छ । नयाँ संविधान अनुसार नेपालमा स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमार्फत स्थानीयदेखि प्रदेश र संघमा गठन भएका सरकारमा वामपन्थीहरुको वर्चस्व रहेको छ । स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रसँग तालमेल गरी केही ठाउँमा जीत हासिल गरेको नेपाली कांग्रेस आफ्नै नेतृत्वमा रहेको सरकारले गराएको प्रदेश र संघको निर्वाचनमा लज्जास्पद हार ब्यहोर्नु परेको छ ।
यो निर्बाचनमा नेकपा (एमाले) र माओबादी केन्द्रको गठबन्धनबाट अत्तालिएको कांग्रेसले निर्वाचनमा नेपालमा कम्युनिष्टहरुको सरकार बन्यो भने अधिनायकवाद आउँछ भनेर धेरै बाजा बजाइयो । अहिले पनि कांग्रेसका नेताहरु यो बाजा बजाइरहेका छन् । ताजा जनादेशसहित दोस्रो पटक सिंहदरवार पसेका प्रधानमन्त्री केपी ओलीले पहिलो पटक उद्घोष र संकल्प गरेका विषयहरुलाई ब्यवहारमा उतार्न योजनाबद्ध शुरुवात, पूर्वाधारहरुको विकास, राष्ट्रिय एकता, सुशासन, विधिको शासन, छिमेकी देशहरुसँगको सन्तुलित सम्वन्धको विकास, भ्रष्टाचार नियन्त्रणमार्फत समृद्ध नेपाल, सुखी नेपाली, नारालाई सफल पार्न अघि बढ्दा नेपाली कांग्रेस विभिन्न बहानामा आन्दोलनमा उत्रिएको छ ।
आर्थिक समृद्धि र विकासका पथमा सरकार अघि बढिरहँदा नेपाली कांग्रेस भने आन्दोलनको घोषणा गर्दै अघि ढेको छ । आखिर नेपाली कांग्रेस के चाहन्छ त ? किन ेमौसमको ाजा बजाई रहेको छ ? यसको उत्तर स्वयम् कांग्रेसीजनहरुसँग पनि छैन । तर, सतहमा जनताका नाममा भनिएको कांग्रेसको यो आन्दोलनको खासै कुनै एजेण्डा देखिंदैन । वाह्य रुपमा जे देखाइए पनि गुह्य कुरा भने अर्कै छ । कांग्रेसका नेताहरुमा जनजीविकाका सवालहरु नेपथ्यमा देखिए पनि खासमा आफ्नो स्वार्थसिद्ध र राज्यसँग आफ्नो हिस्सा खोजेको लुप्त सवाल रहेको देखिन्छ ।
निर्वाचनमा लज्जास्पद रुपमा हारेको नेपाली कांग्रेसलाई केहि वर्ष सत्ता बाहिर बस्न जनताले म्याण्डेट दिएका छन् । तर, कांग्रेस यसलाई स्वीकार गर्न सकिरहेको छैन
निर्वाचनमा लज्जास्पद रुपमा हारेको नेपाली कांग्रेसलाई केहि वर्ष सत्ता बाहिर बस्न जनताले म्याण्डेट दिएका छन् । तर, कांग्रेस यसलाई स्वीकार गर्न सकिरहेको छैन । न त निर्वाचनमा धाँधली भयो भन्ने सुविधा पायो । आफ्नै नेतृत्वको सरकारले गराएको निर्वाचनमा यो भन्न सक्ने ठाउँ नै रहेन । यदि कांग्रेस नेतृत्वको सरकारको सट्टा अरु दलको नेतृत्वमा निर्वाचन भएको भए धाँधली भएको भनेर कांग्रेसले कोकोहोलो मच्चाउँथ्यो । त्यसैले कांग्रेसले चुनावदेखि रटान गर्दै आएको अधिनायकवादको नारा उछालिरहेको छ र यसैलाई आन्दोलनको मुख्य नारा बनाएको छ ।
आन्दोलनको मुख्य मकसद भने कांग्रेसले राज्यसत्तामा आफ्नो ‘स्पेस’ खोजिरहेको विषय हो । त्यसलाई बाहिरी रुपमा जनजीविकाको कलेवर दिएर आन्दोलन चर्काउने कांग्रेसको सरकारविरुद्ध मात्र लक्षित होइन, यो आन्दोलन संघीयता र संविधान कार्यान्वयनविरुद्धको आन्दोलन हो, नेपालको आर्थिक समृद्धि र विकास हुन वाधा ब्यवधान उत्पन्न गर्ने आन्दोलन हो, संविधानले मार्गनिर्देश गरेको समाजवाद उन्मुख यात्रा अवरुद्ध गर्ने षड्यन्त्र हो । अहिले नेपालमा तिनै परिदृष्य देखिएको छ । किनकी कांग्रेसको यो आन्दोलनमा विगत लामो समयसम्म कांग्रेसको राजमा सरकारमा बसेर स्वार्थसिद्ध गरेकाहरु, जय नेपाल भन्दै जागिर खाएकाहरु, नेपालमा राजनीतिक संक्रमण लम्याएर स्वार्थसिद्ध गरेकाहरु र नेपालमा स्थिरता र विकास नचाहनेहरुको लस्कर देखिन्छन् ।
त्यस्तै यो ओली सरकारले भ्रष्टाचारीमाथि कडा ढङ्गले प्रहार गर्ने योजना बनाएपछि अत्तालिएका कालो बजारिया, माफिया, विचौलिया, तस्कर र दलालहरुले एक हात माथि उफ्रेर कांग्रेसको यो आन्दोलनलाई समर्थन गर्दै ओली सरकारलाई धारेहात लगाइरहेका छन् । त्यससँगै सम्भ्रान्त वर्गका वौद्धिकहरुले पनि सरकारविरुद्ध जेहाद् छेड्न शुरु गरेको देखिन्छ । यो सबै आफ्नो भविष्य खतरामा परेको ठान्दै कांग्रेसको ओतमा सुरक्षा खोजीरहेका छन् । कांग्रेस भने एजेण्डा केही नपाएर कहिले गंगामायाहरुको पुच्छर समातेर वैतरणी तर्न खोज्छ भने कहिले डा. केसीको काँधमा बन्दुक राखेर पड्काउन खोज्छ ।
अहिले भने कांग्रेसले ओली सरकारसँग वार्गेनिङका लागि आन्दोलनको धोषणा गरिरहेको छ । कांग्रेसको लुप्त चाहना भनेको प्रदेश प्रमुखहरुदेखि उप–सभामुख, संसदीय समितिका सभापति, सर्वोच्च अदालतका न्यायाधिश, संवैधानिक अङ्गका पदाधिकारी र राजदूत जस्ता पद र अङ्गमा आफ्नो हिस्सा खोज्नु नै हो । त्यसो त सत्ता बाहिर बस्ने कांग्रेसको आदत नै छैन । अहिले कांग्रेसले देखाइरहेको तमासा पनि प्रतिपक्षी दल बन्न पुगेको कांग्रेस सत्ता बाहिर बस्दाको छटपट्टी हो ।
होइन भने एजेण्डा के छन् त ? लामो समयदेखि गिजोलिएको नेपालको राजनीति र विकास छुमन्तरको शैलीमा सबै समस्याको समाधान हुन सक्दैन । शुरुवात गर्ने दिशामा ओली सरकार अघि बढेकै छ । विगतमा कांग्रेस सत्तामा हुँदा केसम्म गरेन सबै गर्न हुने–नहुने सबै गर्यो । कांग्रेस सत्तामा हुँदा न त नीति नायो न विधिमै चल्यो, देश वेहाल बनायो, त्यसमाथि मनपरी ढङ्गले खेल्यो ।
कांग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा संसदमा पुरुष सांसदले सुत्केरी औषधि काण्ड, पंजेरो काण्ड, सांसद अपहरण जस्ता काण्डहरु भए र संसदमा विकृति र विसंगति भित्रिए जसले संसदीय प्रणालीलाई नै वदनाम गराउने काम गरे । तत्कालीन प्रधानमन्त्री देउवाले नै जनताले आन्दोलनमार्फत प्राप्त गरेका अधिकारलाई दरारमा बुझाउने काम गरेको इतिहास ताजै छ ।
त्यसो त कांग्रेस सत्तामा हुँदा विपक्षीहरुमाथि गरेको दमन र मच्चाएको श्वेत आतंक अहिले पनि जनताको मानसपटलमा छ । विगत फर्केर हेर्दा पनि नेपाली कांग्रेसले सरकारी उद्योग धन्दा कौडीको भाउमा बेचेर कमिसन खाने र ेरोजगार बनेका युवालाई तातो खाडीमा पठाउन बाध्य पार्ने जिम्मा कांग्रेसले लिने कि नलिने ? यस्ता धेरै विषय छन् ।
त्यसो त नेपालमा संक्रमणकाल टुङ्गिएको कतिपय पात्र, शक्ति र दललाई मन परेको छैन । स्थिरता र विकासका लागि अघि बढिरहँदा छटपटाहट देखिएको छ । छिमेकी दुई देशसँग राष्ट्रियहित अनुकूल सम्बन्ध विकास भएको मन परेको छैन न त वामपन्थीको बलियो सरकार बनेको मन परेको छ, न त केपी ओली प्रधानमन्त्री बनेको नै । त्यसैले अहिले पनि सरकारले राम्रो काम नगरोस्, गर्न नसकोस्, छिकेकीसँग राम्रो सम्बन्ध नहोस्, जनमुखी कार्यक्रम नल्यालोस् भनेर धूप हालेर बसिरहेका छन् ।
यसैमा बाजा बजाउन पाइयोस् भनेर धेरै वर्षदेखि थिलथिलो परेको राजनीति संक्रमण यी बीचमा सरकारले केही गर्न खोज्दा अधिनायकवादको हौवा फिंजाउने, माफियाको लाञ्छना लगाउने, नियोजित र प्रायोजित रुपमा भ्रमहरु छर्ने गरी अभियान नै चलाइएको छ । मानौ बलियो सरकार हुनु नै नेपालको अभिशाप हो भने जसरी । यसभित्र ेग्लै उद्देश्य लुकेको छ ।
एउटा सत्य कुरा छ, त्यो के हो भने ओली सरकारले गरेका कामको प्रचार चाँही हुन सकेको छैन । यो विडम्बना हो । प्रधानमन्त्री ओलीको स्प्रिड र स्प्रिडलाई धेरै मन्त्रीहरुले पक्रन सकेको देखिदैन ।
एउटा सत्य कुरा छ, त्यो के हो भने ओली सरकारले गरेका कामको प्रचार चाँही हुन सकेको छैन । यो विडम्बना हो । प्रधानमन्त्री ओलीको स्प्रिड र स्प्रिडलाई धेरै मन्त्रीहरुले पक्रन सकेको देखिदैन । जसका कारण जनताका मुख्य समस्या प्राथमिकता नपरेका हुन् कि जस्तो पनि देखिन पुगेको छ ।
कतिपय मन्त्रीहरु सामुहिक भन्दा आफू मात्र सेलिव्रेटी हुन खोज्ने प्रवृत्तिले पनि काम गरेको छ । सरकारमाथि चौतर्फी आक्रमण हुँदा मन्त्रीहरु आक्रामक भन्दा रक्षात्मक अवस्थामा देखिन्छन् । जसका कारण प्रतिवादमा प्रधानमन्त्री ओली स्वयम् उत्रनु पर्ने वाध्यता रहँदै आएको छ । यी कुरामा संवेदनशील ढङ्गले समीक्षा गरी कमी कमजोरी हटाउँदै अघि बढ्न जरुरी छ ।
किनकी सरकारले जनतालाई डेलिभरी दिने गरी काम गर्ने र गरेका कामको जनताबीच प्रचार भएमा विरोधी स्वर र विपक्षीको आन्दोलन पानीको फोका जस्तै हुनेछ । २०१५ सालमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत पाएका बेला महेन्द्र राजाले उसको सरकार असफल पार्नेे योजना अघि सारेका थिए । ठीक यहि प्रक्रिया र सिकोमा अहिले कांग्रेस रहेको छ । नेकपाको दुई तिहाईको सरकारलाई असफल पारेर उसले देशमा अस्थिरता र अराजकता फैल्याउन खोजेको स्पष्ट देखिन्छ ।