भेट्रान कप फुटबल आजदेखि



हाम्रो इकोनोमि

चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।
प्रतियोगितामा मोफसलका पाँचसहित १४ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक भरत थापाले जानकारी दिनुभयो । नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने छन् । खेल चाबहिलस्थित गणेशस्थानमा हुनेछ ।
प्रतियोगिता एसियन इन्टरटेन्मेन्ट एण्ड जुना फिल्मस्ले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता आगामी भदौ २ गतेसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुनेछन् । पहिलो खेल कलाकार भेट्रान र सजनस्मृति तथा दोस्रो खेल बनेपा र तुसालबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...