ईन्काउन्टर र फेक ईन्काउन्टर सजिलै छुट्टिन्छ, यसरी थाह हुने भो फेक हो या होईन, अब भुक्याउने दिन गए



 

केही दिनअघि काठमाडौंको काडाघारीबाट अपहरणमा परेका ११ वर्षीया बालक निशान खडकाको हत्यामा संलग्नहरुको ईन्काउन्टरबारे विभिन्न अड्कलबाजीहरु भए । विधि विज्ञानले सजिलै ईन्काउन्टर हो कि होईन भन्ने विषयमा दोहोरी नै चल्यो । दोहोरीमा गृहमन्त्री समेत उत्रिए ।

 

ईन्काउन्टर भएकै हो, फेक भन्न हल्ला हो, भनिदिएपछि उनी आफै विवादमा परे । निशानको अपहरण र हत्यामा संलग्न भनिएका गोपाल र अजय तामाङको ईन्काउन्टर शंकास्पद देखिएपछि परिवारले मानव अधिकार आयोगमा निष्पक्ष छानविनका लागि निवेदन हाले । आयोगले छानविन टोली समेत खटायो ।

 

तर, घटनास्थलको सम्पूर्ण तथ्य संकलन गर्ने प्रहरीले अनुसन्धान रिपोर्ट तयार नगरी गृहमन्त्रीलाई ब्रिफ गरेर ईन्काउन्टर नै भएको हो भन्यो । ईन्काउन्टर हो वा फेक ईन्काउन्टर भन्ने विषय गर्भमै छ । ईन्काउन्टर भए नभएकोबारे सजिलै थाहा पाउने कुनै विधि छैन ? के ईन्काउन्टर जहिल्यै रहस्यमै रहने हो ? के हो ?

 

नेपालको पहिलो फरेन्सिक वैज्ञानिक श्यामध्वज कार्की भन्छन्, ‘हैन त्यो रहस्यमै रहँदैन । यो विधि विज्ञानसँग सम्बन्धित कुरा हो । अपराधका प्राविधिक पाटोहरुलाई सुल्झाउन विधि विज्ञानलाई प्रयोग गरिन्छ । विधि विज्ञान बन्दुक, किर्तेहरुमा, फिङ्गगरप्रिन्ट, हस्तलिखित परीक्षामा, ड्रग परीक्षणमा, साईबर क्राईममा आकर्षण हुन्छ । कुनै एउटा गाडिले अर्को गाडिलाई हानेर गएको खण्डमा समेत कुन स्पिडमा हान्यो सबैको अध्ययन हुन्छ ।’

 

तर, नेपालमा फरेन्सिक साईन्स र फरेन्सिक मेडिसिनलाई कन्फ्यूज पारीएको कार्कीले बताएका छन् । फरेन्सिक साईन्सबारे अहिले कलेजहरुमा पढाई भएपनि मेडिसिनका मान्छेहरुले पढाईरहेको दृष्टान्त उनले सुनाए । यो अलग विषय भएकाले मेडिसिनका मान्छेहरुले पढाउन मिल्दैन भन्छन् उनी । व्यालेष्टिकसँग सम्बन्धित विषय मेडिसिनको मान्छेले पढाउँछन् भन्ने वित्तिकै अनुसन्धान कहाँ होला आफै अनुमान गर्न सकिन्छ, उनले भने, ‘जहाँ विभिन्न डिएनएको अध्ययन, परीक्षण गर्नु पर्ने हुन्छ । यो भिन्दै विषय हो ।’ उनका अनुसार गन क्राईम भनेको व्यालेष्टिकको एउटा अंग हो ।

 

उनले भनेका छन्, ‘सबैभन्दा पहिले क्राईम सिन हेर्नु पर्छ, सुरुमा त्यो क्षेत्रलाई घेराबन्दी गरिन्छ । जहाँ अन्य मान्छेहरुको चलखेल नहोस् । अन्य मान्छेहरु सम्पर्कमा आउँदा प्रमाणहरु नष्ट हुन सक्छन् । ईन्काउन्टर हो वा होईन भन्दा पनि यो मान्छे कसरी मारियो भन्ने कुरा क्राईम सिन हेर्ने वित्तिकै भन्न सकिन्छ । तर, त्यहाँ अनुसन्धान अधिकारीको ईमान्दारिता देखिनु पर्दछ । सबैभन्दा पहिले फिजिकल कुराहरु हेरिन्छ । उसले लगाएको लुगाहरु, गोली लाग्दा उसको पोजिसन कस्तो छ, लड्दा कस्तो पोजिसन छ । सबै कुरा हेरेर मात्रै निक्र्योल हुन्छ ।’

 

ईन्काउन्टर भन्नलाई बेसिस केही चाहिँदैन ? ईन्काउन्टर भन्नलाई बेसिस चाहिन्छ, उनी भन्छन्, ‘सबै भन्दा पहिलो क्राईमसिन प्रिजर्ब गर्नु पर्दछ । क्राइम सिनले एउटा निक्र्योल निकाल्दिन्छ । वैज्ञानिक परीक्षण गरेर सरकारी वकिलबाट मुद्दा दायर गर्ने हो ।’ उनले अगाडि भने, ‘एउटा जंगलमा प्रहरीले पछ्याउँदै जाँदा प्रहरीले दुई अपहरणकारीलाई मारेको भन्ने कुरा आउँछ ।

 

अनि ईन्काउन्टर भनिन्छ ।  ईन्कान्टर भनेको दुवैले एक अर्कालाई मार्न गरेको प्रयास हो । पहिलो कुरा पोजिसन हो । १९ राउण्ड गोली चलाईएको छ । एउटालाई ७–८ वटा गोली लागेको छ । गोली लाग्दा मान्छे छट्पटिएको हुनु पर्दछ । घटना हुँदा र पछि पानी परेको थियो जस्तो लाग्छ ।’

 

उनले थपे,  ‘उसको हातमा रहेको गन फायर गरे नगरेको कुरा आउनु पर्दथ्यो । हामीले दूरी पनि हेर्छौँ । प्रहरीले पछ्याउँदै जाँदा भिक्टिम र सुटरहरुबीच दूरी हुन्छ । केही न केही दूरी त हुन्छ । अनि भाग्दाखेरी गोली चलाउँछ । टाढाबाट गोली चलाउँदा गोली छिरेको ठाउँमा बारुद र कार्बनका सुटहरु हामी भेट्दैनौँ । कम हुन्छ । अर्को कुरा नजिकबाट हानेको छ भने, त्यहाँ कार्बनहरु प्रशस्त भेटिन्छ । नयाँ–नयाँ गोलीहरुमा एन्टीमनी, विस्मत भन्ने तत्वहरु हुन्छ । त्यो आधारमा हामी भन्न सक्छौँ यसलाई नजिकबाट हानिएको थियो र टाढाबाट हानिएको थियो भनेर ।’

 

भाग्दा मान्छे जहिले अगाडितिर भागेको हुन्छ । पछाडि फर्किनलाई या त उसले गोलि हान्न पोसिजन लिनु पर्ने हुन्छ । उनले भनेका छन्, ‘गोलीले शरीरको दुई ठाउँमा प्वाल बनाउँछ । एउटा प्रवेश गरेको ठाउँमा, त्यहाँ सानो प्वाल हुन्छ । र, अर्को बाहिर निस्केको ठाउँमा । जहाँ ठूलो प्वाल हुन्छ ।

 

टाढाबाट हानिएका केही गोलीको बाहिर प्वालै हुँदैन । गोली भित्रै हुन्छ । त्यसैले हामी के हेर्छौँ भने मारिएको मान्छेको शरीरको कपडामा बारुदको रेसिडियो कति छ ? कत्रो प्वाल पारेको छ भन्ने कुराले के प्रमाणति गर्छ भने यो यति दुरीबाट हानिएको हो । र, यति नजिकबाट प्रहार गरिएको हो भन्ने छुट्टिन्छ । क्राईम सिनको अध्ययन गर्दा सबै कुरा प्रष्ट हुन्छ । तर, घेरेको ठाउँमा कसैको चलखेल भयो र प्रहरीले नै सबै कुरा मेटायो भने कसैको केही लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको