दाल भात तरकारीमा निरुतादेखि स्वस्तिमा जोडिए



हाम्रो इकोनोमि

 

नेपाली सिनेमाकी चर्चित अभिनेत्री निरुता सिंहले नाई नभन्नु ल ५ मा सानो भूमिका गरेकी छिन् ।

निरुतालाई पर्दामा हेर्ने दर्शकको चाहना त यसले पुरा गर्ला तर तिर्खा भने नमेटाउला ।

अब, उनै निरुता एउटा सफल ब्यानरको फिल्ममा देखा पर्दैछिन् त्यो पनि मुख्य भूमिकामा ।

मह संचार र किरण केसीले बनाउन लागेको सिनेमा दाल भात तरकारीमा निरुता जोडिएकी हुन् ।

उनी यो सिनेमामा अभिनेता हरिवंश आचार्यको जोडीको रुपमा देखिनेछिन् । सिनेमामा पुष्पल खड्का र अभिनेत्री स्वस्तिमा खड्का जोडिएका छन् ।

यो सिनेमालाई आउँदो बर्षको वैशाख १३ गतेबाट रिलिज गर्ने तयारी पनि छ । सिनेमालाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...