लोटस भेटद्वारा प्रतिबन्धित वर्डफ्लु भ्याक्सिनको अवैध धन्दा, सञ्चालक भरतबहादुर पाण्डे प्रहरीको निगरानीमा



 

काठमाडौं, साउन २८ गते । बर्डफ्लु भित्रिनुमा पोल्टी व्यवसायी नै जिम्मेवार छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, व्यवसायीकै कारण उपत्यकालगायत देशका विभिन्न भागमा वर्डफ्लु भित्रिने गरेको पाइएको छ । यसमा अरुको नभएर राजधानीकै व्यवसायीको संलग्नता बढी रहेको स्रोतको दाबी छ ।

 

व्यवसायीहरुले भारतमा समेत प्रतिबन्धित रहेको वर्डफ्लु भ्याक्सिन नेपालमा भित्र्याएर वर्डफ्लुको आमन्त्रण गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्वारेन्टाइन कार्यालयल राजधानीको त्रिपुरेश्वरमा रहेको लोटस भेट इन्टरनेशनल(Lotus Vet International Trade Link pvt.Ltd) ले यस्तो भ्याक्सिन  भित्र्याउँदै गरेको अवस्थामा गत साउन २५ गते नियन्त्रणमा लिएपछि यसको खुलासा भएको हो ।

 

लोटसका सञ्चालक भरतबहादुर पाण्डेले भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन कार्यालयबाट एउटा भ्याक्सिनको इजाजत लिने र त्यसको आडमा लुकिछिपी अर्कै अवैध भ्याक्सिन भित्र्याएको उजुरी परेपछि  ०७५ साउन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्वारेन्टाइन कार्यालयले भ्याक्सिन नियन्त्रणमा लिएको छ ।

 

 

सामान समातिएपछि यसका सञ्चालक भरतबहादुर पाण्डेले नेपाल कार्यालयका केही कर्मचारी सामान छुटाउन क्वारेन्टाइन कार्यालय पठाएका थिए । तर कार्यालयले वर्डफ्लु भित्र्याउने भ्याक्सिन भन्दै नियन्त्रणमा लिएर राखेको छ । कार्यालयका एक कर्मचारीले उक्त भ्याक्सिन बर्डफ्लु संक्रमण फैलाउने रहेकाले नियन्त्रणमा लिएको बताए ।

 

क्वारेन्टाइन कार्यालयले नेपाल भित्रिने यस्ता हरेक सामानको नमूना परीक्षणका लागि राख्ने नियम भए पनि  पाण्डेले नमूना पनि नछोडी र नमूना परीक्षण नगराई सबै भ्याक्सिन ल्याएका थिए । पाण्डेले शुक्रबार हेस्टर कम्पनीको जुलाई २०१८ मा उत्पादित ब्याच नं. ३७९०४ को ‘न्यूक्यासल डिजिज भ्याक्सिन –इनएक्टिभेटिड’ भित्र्याएका थिए । यद्यपि, बाहिर यो नाम लेखिए पनि भाइलभित्र भने अर्कै भ्याक्सिन रहेको फेला परेको छ ।

 

 

नेपालमा अहिले बर्डफ्लुविरुद्धको भ्याक्सिन ल्याउने सरकारले इजाजत दिएको छैन । अर्कै देशमा बनेको भ्याक्सिन नेपालमा देखिएको भाइरसको लागि उपयुक्त नहुने हुँदा सरकारले भ्याक्सिन आयात बन्द गरेको छ । तर, व्यवसायीले यी भ्याक्सिन लगाएमा बर्डफ्लु हुँदै नहुने दाबीसहित भित्र्याइरहेका छन् । यसरी परीक्षणबिना मनपरी लगाइने भ्याक्सिनले बर्डफ्लुको संक्रमण रोक्नुको सट्टा उल्टै संक्रमण गराउने पशु चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको