काँग्रेस पार्टीभित्र देउवालाई झट्का, सभापतिविरुद्ध हस्ताक्षर गर्ने यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति देउवामा महासमिति बैठक गर्ने इच्छाशक्ति नदेखिएको आरोप लगाएका छन् ।

 

काँग्रेसका केन्द्रिय सदस्य तथा नेता कोइरालाले महासमिति बैठक भदौ महिनाभित्रमा गर्न दवाव दिने भन्दै सभापति देउवामा महासमिति बैठक गर्ने इच्छा शक्ति नदेखिएको आरोप लगाएका हुन् ।

 

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा।कोइरालाले भने ‘सभापतिले विधानलाई आत्मसात गर्नुभएन, महासमितिको बैठक गराउन दवाव दिनका लागि हस्ताक्षर गराएर भएपनि भदौ महिनाभित्रै महासमितिको बैठक गर्नुपर्छ ।’

 

पूर्वनिर्णयअनुसार भदौ महिनाभित्र महासमिति बैठक गराउनुपर्ने उनको भनाइ थियो ।

 

महासमिति बैठक तोकिएको समयमा गराउन दवाव दिनका लागि हस्ताक्षर गर्न सुझाव आइरहेको बताउँदै डा.कोइरालाले भने, ‘यदि आलटाल गरियो भने सभापति शेरबहादुर देउवाविरुद्ध हस्ताक्षर पनि हुन सक्छ ।’

 

सभापति देउवाले महासमितिको बैठक असोज महिनापछि गर्ने तयारी गरेको आरोप छ । भदौ महिनाभित्र महासमिति बैठक गर्न समय अपर्याप्त भएको भन्दै देउवाले छठ पर्वपछि बैठकको प्रस्ताव गरेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...