सिंहदरवारमा ट्रेड युनियनको दादागिरी, कर्मचारी संगठनका उपाध्यक्षद्वारा कार्यकक्षमै कर्मचारीमाथि हातपात



हाम्रो इकोनोमि

 

निजामति कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीमाथि हातपात गरेका छन् ।

 

भण्डारीले सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखाका कर्मचारीमाथि हातपात गर्नुका साथै कार्यलय तोडफोडसमेत गरेका छन् ।

 

भण्डारीले कर्मचारी सरुवाको विषयलाई लिएर मन्त्रालयको कर्मचारी प्रशासन शाखाका कर्मचारीमाथि हातपात गरेका हुन् । डोल्पामा कार्यरत शाखा अधिकृत नेत्रराज गिरीलाई अनुकुल स्थानमा सरुवा गराउनुपर्ने भन्दै भण्डारीले दवाव दिँदै आएका थिए ।

 

आफूले भनेअनुसार गिरीलाई सरुवा नगरिएको भन्दै भण्डारीले सामान्य प्रशासन मन्त्रालयका कर्मचारीमाथि हातपात गरेका हुन् ।

 

उनले कर्मचारी प्रशासन शाखामा तोडफोड गर्नुका साथै कुर्सी र टेबुल समेत भाँचेको सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीले लोकान्तरलाई बताए ।

 

मन्त्रालयका स्रोतका अनुसार सचिव दिनेश कुमार थपलियाले घटनामाथि अनुसन्धान गर्न निर्देशन दिइसकेका छन् । सचिव थपलियाको निर्देशनानुसार घटनाको अनुसन्धान शुरु भइसकेको स्रोतले लोकान्तरलाई बतायो ।

 

उपाध्यक्ष भण्डारीले आइतवार दिउँसो साढे ३ बजे सामान्य प्रशान मन्त्रालयको कर्मचारी प्रशासन शाखाका कर्मचारीमाथि हातपात गरेका हुन् । निजामति कर्मचारी संगठन तत्कालीन नेकपा एमाले निकट कर्मचारी संगठन हो ।

प्रधानमन्त्री भेट्न राजपा नेताहरु वालुवाटारमा

 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्यहरु प्रधानमनत्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

 

भेटमा राजपाले प्रधानमन्त्री ओलीसँग सरकार निर्माण गर्दा आफूसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेसहित माग राख्ने भएको छ । गत साउन ३ गते राजपाले बुझाएको ७ बुँदे माग पनि पूरा गर्न दबाब दिने राजपा नेताहरुले बताएका छन् ।

 

राजपाले प्रधानमन्त्रीसँग गएको बिहीबार भेट्न समय मागेको थियो । तर, प्रधानमन्त्रीले समय नदिएको राजपा नेताहरुको गुनासाकाबीच आइतबार भेट भएको हो ।

 

सविधान संशोधन, रेशम चौधरीको रिहाइ, थुनामा रहेका आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्ता लगायतका माग राजपाको रहेको छ ।  टीकापुर घटनाका आरोपी रेशम चौधरीको रिहाइको विषयलाई पनि राजपाले मुख्य मुद्दा बनाएको छ ।

 

राजपा अध्यक्षमण्डलको वैठकले सरकार विगतका सहमतिप्रति गम्भीर नभएको भन्दै अध्यक्षमण्डलका सबै सदस्यहरुले सामूहिक भेटेर छलफल गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...