हरिवंशले निरुतालाई भित्र्याए, अनि भने तिमी मेरी दाल भात तरकारी



 

लामो समयदेखि चलचित्र अभिनयमा विश्राम गरिरहेकी नायिका निरुता सिंहलाई कलाकार हरिवंश आचार्यले पुन नेपाली चलचित्र क्षेत्रमा भित्र्याएका छन् ।

 

मह सञ्चारले निर्माण गर्न लागेको चलचित्र ‘दाल भात तरकारी’ मा नायिका निरुता सिंह फाइनल भएकी हुन् । केही दिनअघि नायिका स्वस्तिमा खड्का र पुष्पल खड्का सिनेमामा रहने खबर बाहिरिएको दाल भात तरकारीमा नायिका निरुता सिंह पनि फाइनल भएकी हुन् ।

 

सिनेमाको सबैभन्दा पहिलो कलाकार नै नायिका निरुता फाइनल भएको बताइएको । उनी हरिवंश आचार्यको जोडीको रुपमा प्रस्तुत हुने बताइएको छ । यसअघि ‘शत्रु गते’ मा हरिवंश आचार्यको जोडीको रुपमा दीपाश्री निरौलालाई प्रस्तुत गरिएको थियो । जुन धेरैले मन पराएका थिए । दाल भात तरकारीमा भने हरिवंश आचार्यको जोडीको रुपमा निरुताले काम गर्ने भएकी हुन् ।

 

लामो समयदेखि नेपाली सिनेमाभन्दा बाहिर रहेकी निरुताको यो सिनेमा ‘कमब्याक’ हुने भएको छ । केही समयअघि नाई नभन्नु ल ५ मा अतिथिको भूमिका खेलेकी निरुता यस सिनेमामा भने लामै भूमिकामा प्रस्तुत हुने भएकी छन् । निरुताका अलवा यस सिनेमामा नायिका वर्षा राउतको पनि प्रवेश भएको छ । नायिका स्वस्तिमा खड्का, पुष्पल खड्का यस सिनेमामा रहने लगभग निश्चित भइसकेको छ ।

क्यास्पियन सागरः तेल र ग्यासको भण्डार

 

मह सञ्चारको प्रस्तुति तथा किरण केसीको निर्माणमा बन्न लागेको सिनेमा दाल भात तरकारीलाई केसीका छोरा सुदन केसीले निर्देशन गर्ने भएका छन् । सुदन केसी लामो समयदेखि मह सञ्चारमा काम गर्दै आएका छन् । सिनेमामा मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धारा भुषाल, राजाराम पौडेल, मोहितवंश आचार्य, विल्सनविक्रम राईलगायतका कलाकारहरु रहने छन् ।

अजरबैजान, इरान, कजाखस्तान, रसिया र तुर्कमेनिस्तानका नेताहरु क्यास्पियन सागरका विषयमा लामो समयदेखि रहेको विवाद सुल्झाउने गरी तयार पारिएको एक सम्झौतामा हस्ताक्षर गर्न कजाखस्तानको तटीय सहर आक्टुमा भेला भएका छन् ।

सोभियत सङ्घ विघटन भएपछि सीमाको कानुनी वैधताका विषयमा दुई दशकभन्दा बढी समयदेखि रहेका पाँच विवाद यहाँ दिइएको छ ।

–विशाल भित्री सागर
क्यास्पियन सागर विश्वमै जमिनले घेरेको सबैभन्दा ठूलो जलक्षेत्र हो । करिब ७०,००० क्युबिक किलोमिटर पानी रहेको यो क्यास्पियन सागर उत्तर तथा बाल्टिक सागरभन्दा दुई गुना ठूलो छ । यस क्षेत्रका मुलुकहरुबीच क्यास्पियन सागर हो वा सरोवर हो भन्नेमा लामो विवाद छ, जसका कारण कानुनी विवाद खडा हुने गरेको छ ।

यो सागरबाट कुनै पनि नदी सुरु हुँदैनन् र यसलाई जमिनले घेरेको छ । त्यहीकारण यो सरोवर वा तालको रुपमा रहेको मान्न सकिन्छ । नयाँ मस्यौदा सम्झौतामा यसलाई सागर नै भनी परिभाषित गरिएको छ र रसियाले आफूसँग विशेष कानुनी हैसियत रहेको भनिरहेको छ ।

–ऊर्जाको भण्डार
क्यास्पियन सागरमाथि सबैको आँखा गाडिनुको अर्को प्रमुख कारण यहाँ रहेको अथाह ऊर्जा हो ।

अमेरिकी ऊर्जा सूचना प्रशासनको सन् २०१२ को पछिल्लो अनुमान अनुसार, यहाँ ४८ अर्ब ब्यारेल तेल र २९२ खर्ब क्युबिक फिट प्राकृतिक ग्यास छ । यो अथाह इन्धन क्यस्पियन सागर र त्यस वरपरको जमिनभित्र छ ।

क्यास्पियनको सबैभन्दा ठूलो तेल खानी, कजाखस्तानको काशागान,सँग १३ अर्ब ब्यारेल खनिज तेलको भण्डार छ । सन् २००० मा पत्ता लागेको यस भण्डारण यो देशकै आजसम्म पत्ता लागेको सबैभन्दा ठूलो तेल र ग्यास भण्डार हो ।

पानीभित्रको सतहबाट इन्धन उत्खनन् गर्नु र त्यसलाई बजारसम्म पुर्‍याउनु त्यति सहज छैन, र काशागान परियोजनाले समयमै उत्खनन गर्न नसक्दा “भिल्लको देशमा मणी” झैं सावित भएको छ ।

–सर्वाधिक महङ्गा माछा
क्यास्पियन सागरमा विश्वमै सबैभन्दा महङ्गा र स्वादिला माछाको भण्डार नै छ । यी माछाका भूरा सागरको दक्षिणतर्फ पाइन्छन् । तर वातावरणविदहरुले यहाँ अत्यधिक माछा मार्ने गर्दा माछाको प्रजाति नै नष्ट हुने खतरा औंल्याउन थालेका छन् । अबको सम्झौताले यी माछाको संरक्षणमा ठोस काम हुने उनीहरुको भनाइ छ ।

गिनिज वल्र्ड रेकर्डका अनुसार, इरानतर्फ यी माछाको मूल्य प्रति किलो २५ हजार अमेरिकी डलरसम्म हुने गरेको छ ।

–सागरको तटीय व्यवस्थापन
क्यास्पियन सागरको वरिपरिको अव्यवस्थित परिस्थितिले पर्यटकलाई सबै मुलुकले आकर्षित गर्न सकेका छैनन् । केबल तुर्कमेनिस्तान र अजरबैजानका स्थानीयले मात्र तटीय लाभ लिइरहेका छन् । यी दुई मुलुकले क्यास्पियन पर्यटनका लागि लगानी बढाएका छन्, र यो स्थानीय तहमा मात्र केन्द्रित छ ।

तथापि, पौडी खेल्न तटीय इलाकाहरु कतिसम्म सुरक्षित गर्न सकिएला ? सागरको वरिपरिका धेरै ठाउँ प्रदूषित छन् र औद्योगिक प्रदूषण पनि बढ्दो छ । हालैका वर्षहरुमा, अजरबैजान र रसियाको डागेस्तान क्षेत्रका अधिकारीहरुले कतिपय बिचहरु पौडी खेल्न असुरक्षित रहेको घोषणा गरेका छन् ।

–नारनियासँगको सम्पर्क
बेलायती लेखक सी.एस. लेविसले बालबालिकाका लागि लेखिएको लोकप्रिय पुस्तक “क्रोनिकल्स अफ नारनिया”मा नाविक राजकुमार क्यास्पियनलाई एक पात्रका रुपमा उभ्याएका छन्, तर यसको सम्बन्ध प्रामाणिक भने छैन । तर पुस्तकले यस क्षेत्रका धेरै भाषा र संस्कृतिलाई जोडेको पाइन्छ । एएफपी

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको