नेकपाका विद्यार्थी नेता क्याम्पस भित्रै प्रहरी घेरावन्दीमा, पंचायती ब्यबस्था फर्काउन खोजेको आरोप



हाम्रो इकोनोमि

 

 सरकारले एक पछि अर्को गर्देै विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता पक्राउ भइरहेका छन् I

 

दुई तिहाईको दम्भ देखाएर वर्तमान खड्ग प्रसाद ओली तथा पुष्पकमल दाहाल सरकार पंचायती ब्यबस्था भन्दा पनि तल रहेर प्रतिपक्ष र बिरोधीबिरुद्ध दमनमा उत्रिन थालेको नेकपाले आरोप लगाएको छ।

सरकारले क्याम्पस हाताभित्रै विद्यार्थीलाई सादा पोशाकमा गएर गिरफ्तार गर्न शुरु गरेकोमा नेकपाले विरोध गरेको हो।

 

कमिटी गठनको सिलशिलामा पृथ्वीनारायण क्याम्पस पुगेका अखिल क्रान्तिकारी कास्की जिल्ला सचिव आस्था नेपाली र सदस्य राजन साउदलाई पृथ्वीनारायण क्याम्पस भित्रै सादा पोशाकमा रहेका प्रहरीले आइतवार दिउँसो १२ बजेदेखि घेराबन्दी गरेको भन्दै नेकपाले विरोध गरेको हो I

 

आफूहरुलाई गिरफ्तार गर्न ठुलो संख्याको प्रहरी सहित प्रहरीभ्यान क्याम्पस गेट बाहिर रहे पनि सादा पोशाकमा रहेका महिला तथा पुरुष प्रहरीले आफुहरुलाई क्याम्पस परिसरभित्रै घेराबन्दी गरिरहेको बिद्यार्थी नेत्री आस्था नेपालीले जानकारी दिएकी छिन।

 

गृहमन्त्री राम बहादुर थापा वादलको निर्देशनमा नेत्र विक्रम चन्द विप्लवको नेतृत्वका कार्यकर्ताहरुलाई प्रहरीले खोजी खोजी पक्राउ गर्ने क्रम जारी राखेको छ।

 

अघिल्लो हप्तामै काठमाडौं उपत्यकाबाट पार्टी प्रवक्ता खड्ग वहादुर विश्वकर्मा प्रकाण्ड सहित करिव एक दर्जन कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले पोखरामा पनि थप दुईलाई पक्राउ गरेको छ।

 

शनिवार नै नेपाल कम्युनिष्ट पार्टी कास्कीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्ने नेकपा कार्यकर्ताहरुमा क्रान्तिकारी भूमीहिन सुकुम्बासी संघ कास्कीका अध्यक्ष टिकाराम घिमिरे र अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटी सम्मेलन आयोजक कमिटी सदस्य सागर काफ्ले रहेको पत्रकार ओम हमालले जानकारी दिए।

 

गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु आपराधिक गतिविधिमा रहेका कारण पक्राउ गरिएको बताएका छन्। शुक्रबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरिएको बताएका थिए।

 

“कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,” उनले भनेका थिए। मन्त्री थापाले भनेका थिए, “म गृहमन्त्री हुँ, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।”

 

विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको मन्त्री थापाको भनाई थियो। सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिक र प्रशासनिक रुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...