बन्धक बनाएर बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ



हाम्रो इकोनोमि

 

एक १५ वर्षीया बालिकालाई दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले सान्नी त्रिवेणी गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जनबहादुर बमलाई पक्राउ गरेको छ। बालिकालाई दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा बमलाई साउन २६ गते प्रहरीले नियन्त्रणमा लिएको हो।

 

पीडित बालिकालाई बमले साउन १८ गतेदेखि २० गतेसम्म सोही गाउँपालिका–३ स्थित एक घरमा बन्धक बनाएर लगातार बलात्कार गरेको भन्दै पीडित बालिकाले साउन २५ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको  र त्यही आधारमा बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

 

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २५ गते जिल्ला अस्पताल कालिकोटमा गरिनुका साथै बमलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रहरी कार्यालय कालिकोटका डिएसपी बिनोद शर्माले बताए। ‘पीडित बालिकाको उजुरीको आधारमा बमलाई पक्राउ गरिएको छ’ उनले भने, ‘घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...