बन्धक बनाएर बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ



हाम्रो इकोनोमि

 

एक १५ वर्षीया बालिकालाई दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले सान्नी त्रिवेणी गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जनबहादुर बमलाई पक्राउ गरेको छ। बालिकालाई दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा बमलाई साउन २६ गते प्रहरीले नियन्त्रणमा लिएको हो।

 

पीडित बालिकालाई बमले साउन १८ गतेदेखि २० गतेसम्म सोही गाउँपालिका–३ स्थित एक घरमा बन्धक बनाएर लगातार बलात्कार गरेको भन्दै पीडित बालिकाले साउन २५ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको  र त्यही आधारमा बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

 

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २५ गते जिल्ला अस्पताल कालिकोटमा गरिनुका साथै बमलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रहरी कार्यालय कालिकोटका डिएसपी बिनोद शर्माले बताए। ‘पीडित बालिकाको उजुरीको आधारमा बमलाई पक्राउ गरिएको छ’ उनले भने, ‘घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...