अधिनायकवादको कृत्रिम हल्ला मात्रै : परराष्ट्रमन्त्री ज्ञवाली



हाम्रो इकोनोमि

 

पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्षले सरकारविरुद्ध तथाकथित अधिनायकवादको कृत्रिम हल्ला गरि भ्रम फैलाउने कार्य गरिरहेको बताएका छन् । रफत संचार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले तातो चियाको बाफ उडे जस्तै कृत्रिम हल्ला उडेको टिप्पणी गर्दै यस्ता हल्लाले सरकारलाई असर नपर्ने बताए ।

 

उनले सरकार लोकतन्त्रप्रति प्रतिवद्ध रहेको प्रष्ट्याउँदै देशमा शान्ति सुरक्षा कायम गर्न, सुशासनको प्रत्याभूति दिन र देशलाई समृद्धितर्फ लैजान सरकार प्रतिवद्ध रहेको भनाई राखे ।

 

सरकारको काममा ढिलाई भन्दै गरिएको आलोचनालाई सरकारले सुझाबको रुपमा लिएको बताउँदै मन्त्री ज्ञवालीले भने, “अघिल्लो सरकारले ल्याएको बजेट र समस्यालाई समाधान गर्नै सरकारलाई ५ महिना लाग्यो, अनि कसरी देखियोस सरकारका प्रभावकारी कामहरु, अब सरकारले नयाँ बजेट अनुसार काम सुरु गरेको छ, अब काम प्रभावकारी रुपमा अगाडि बढ्छ ।”

 

प्रतिपक्षको रुपमा नेपाली कांग्रेसले विरोधका लागि विरोध मात्रै गरेको टिप्पणी गर्दै उनले भने,“सत्ताबाट बाहिरिनु परेको, पार्टी खुम्चेको पीडाले स–साना कुरामा पनि बिरोध गरेर चर्चामा आउँन खोजेको छ ।” सरकारले प्रभावकारी रुपमा कुटनीतिक प्रयास गरिरहेको बताउँदै उनले भारतसँग विश्वासको आधार निर्माण गरिसकेको, चीनसंग बृहत्तर विकास साझेदारीको खाका तयार पार्न सफल भएको उनको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...