सात राजनैतिक दलसँग मिलेर काँग्रेसले गर्यो ठुलो आन्दोलनको घोषणा, कुन कुन दल मिले



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेससहित सात राजनीतिक दलले कर वृद्धिको विरोधमा चितवनमा आन्दोलन थालेका छन्। रत्ननगर नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतबारदेखि रिले अनशन शुरु गर्दै आन्दोलनको सुरुवात गरेका छन्।

 

कांग्रेस रत्ननगरका नगरसभापति रुपनराज घिमिरेले कर वृद्धि फिर्ता गर्न आग्रह गर्दा नगरपालिकाले नमानेपछि बाध्य भएर अनशनसहितको आन्दोलन थालेको बताए

 

घिमिरेकाअनुसार रिले अनसनमा नेपाली कांग्रेस सहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी(९प्रजातान्त्रिक), नयाँ शक्ति पार्टी नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक पार्टी रहेका छन् ।

 

नगरपालिकामा जनप्रतिनिधिहरू आएपछि जनपक्षीय काम हुन नसकेको आरोप लगाउँदै १० देखि १४ गुनासम्म कर वृद्धि गरेर जनतालाई मारमा पारेको आरोप आन्दोलनरत दलहरूले जनाएका छन्। कर वृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाई छ। ‘

 

काठमाडौंबाट अवैध मुगा कारोबारी विदेशी नागरिक पक्राउ

प्रहरीले अवैध मुगा कारोबारी विदेशी नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले यमन नागरिक एल अस्री मोहामे यहा यहालाई ठमेलको एक होटलबाट पक्राउ गरेको हो ।

 

प्रहरीले उनको सुटकेस खानतलासी गर्दा मुगाको माला र विदेशी मुद्राहरु बरामद गरेको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मुगाको कारोबार गर्न आएका  जुम्ला घर भएका नवीन चौलागाई, मुगु घर भइ बौद्ध बस्ने ग्याल्पु तामाङलाई समेत पक्राउ गरेको छ ।

 

प्रहरीले पक्राउ परेका यमन नागरिकबाट ८ किलो मुगा, ५२ सय ३ अमेरिकी डलर, यमन मुद्रा १४ हजार, इजिप्टको मुद्रा ७५०, चाइनिज युआन ४९३ लगायत विभिन्न देशको मुद्राहरु बरामद गरेको छ । त्यस्तै ग्याल्पु तामाङको साथबाट ४६ थान मुगा बरामद गरेको परिसरका प्रवक्ता डीएसपी मोहनकुमार थापाले जानकारी दिए ।

रेडपाण्डाको छाला सहित  जना व्यक्ति  पक्राउ

 

प्रहरीले रेडपाण्डाको छालासहित काठमाडौंबाट ५ जना पक्राउ गरेको छ । शनिबार बेलुका ५ बजे नागर्जुन नगरपालिका ८  नेपालटारबाट ताप्लेजुङका आशिक राई, ओखलढुंगाका सन्तोष राई, रमेश पौडेल, मिलन गुरुङ र जनककुमार चाम्लिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

चाम्लिङले हातमा बोकिरहेको रातो फाइबरको झोला जाँच गर्दा रेड पान्डाको रौ र छाला भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता थापाले जानकारी दिए । उनीहरुलाई अनुसन्धानपछि कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको छ ।

 

 सात राजनैतिक दलसँग मिलेर काँग्रेसले गर्यो ठुलो आन्दोलनको घोषणा

नेपाली कांग्रेससहित सात राजनीतिक दलले कर वृद्धिको विरोधमा चितवनमा आन्दोलन थालेका छन्। रत्ननगर नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतबारदेखि रिले अनशन शुरु गर्दै आन्दोलनको सुरुवात गरेका छन्।

 

कांग्रेस रत्ननगरका नगरसभापति रुपनराज घिमिरेले कर वृद्धि फिर्ता गर्न आग्रह गर्दा नगरपालिकाले नमानेपछि बाध्य भएर अनशनसहितको आन्दोलन थालेको बताए

 

घिमिरेकाअनुसार रिले अनसनमा नेपाली कांग्रेस सहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी(९प्रजातान्त्रिक), नयाँ शक्ति पार्टी नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक पार्टी रहेका छन् ।

 

नगरपालिकामा जनप्रतिनिधिहरू आएपछि जनपक्षीय काम हुन नसकेको आरोप लगाउँदै १० देखि १४ गुनासम्म कर वृद्धि गरेर जनतालाई मारमा पारेको आरोप आन्दोलनरत दलहरूले जनाएका छन्। कर वृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाई छ। ‘

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...