राजपा नेता यादवले चित्रबहादुर केसीलाई यस्तो हाने झटारो, संघीयता अस्वीकार गरी कसरी उपप्रधानमन्त्री बने ?



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले चित्रबहादुर केसीलाई संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

 

केसी संघीयता विरोधी भएको आरोप लगाउँदै यादवले भने,“संघीयता स्वीकार नगर्ने अनि सरकारमा गएर उपप्रधानमन्त्री बन्ने रु यो कुन नैतिकता हो रु संघीयतामा चुनाव लड्ने रु यस्ता कुरा छोड्नुस् ।”

 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भनेजस्तो संघीयताले देश टुक्र्याउने कुरा अफवाह मात्रै भएको बताउँदै उनले संघीयताले राष्ट्र बलियो हुने बताए ।

 

संघीयताले सबै नेपाली जनता अधिकार सम्पन्न हुने र विकासको गति अघि बढ्ने उनको भनाइ थियो ।

 

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले कुनै पनि देशमा संघीयता लागु हुँदा तत्कालै नतिजा आउन नसक्ने भन्दै विस्तारै सफल हुने बताए । उनले जनताले चाहेको संघीयता सफल हुने दावी समेत गरे ।

 

प्रदेशलाई स्वायत्त बनाउनुपर्ने सवालमा सरकारको गतिविधी कमजोर देखिएको बताउँदै यादवले अहिलेको सरकारले बनाउनुपर्ने सबै कानुन तत्काल बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...