यस्तो अवस्थामा पतिले पनि सम्बन्धविच्छेद गर्न पाउँछने, ऐनमा के छ ?



 

 

नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ मा सम्बन्धविच्छेदसम्बन्धी नयाँ व्यवस्था गरिएको छ। अब पतिले चाहेमा पनि सम्बन्धविच्छेद हुनेछ। यसअघि पत्नीले चाहेको अवस्थामा तुरुन्तै सम्बन्धविच्छेद हुने कानुनी प्रावधान थियो।

 

मुलुकी देवानी (संहिता) ऐन २०७४ को धारा ९४ मा पतिले चाहेको खण्डमा सम्बन्धविच्छेद गर्न पाउने अधिकार उल्लेख छ।

 

( कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा त्यसभन्दा बढी समयदेखि अलग बसेको खण्डमा पतिले सम्बन्धविच्छेद गर्न पाउनेछन्।

 

( त्यस्तै पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा पनि पतिले सम्बन्धविच्छेद गर्न सक्नेछन्।

 

( त्यस्तै, पत्नीले पतिको अंगभंग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा पनि पतिले तुरुन्तै सम्बन्धविच्छेद गर्न पाउनेछन्।

 

( पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहर भएमा पनि पतिले सम्बन्धविच्छेद गर्न पाउनेछन्।

 

यस्तो अवस्थामा पतिले सम्पति पाउँछन् ?

नयाँ मुलुकी एेन २०७४ ले पतिलाई पनि सम्पति पाउने अधिकार दिएको छ। एेनको धारा १०३ ले अघिल्लो सन्तान वा पतिले सम्पत्ति पाउने व्यवस्था गरेको छ। पतिले सम्बन्धविच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पत्ति निजका छोरा, छोरी भए त्यस्ता छोरा, छोरीले र छोरा, छोरी नभए पूर्वपतिबाट पाएको सम्पत्ति त्यस्ता पतिले र अन्य सम्पत्ति माइतीतिरका हकवालले पाउनेछन्।

 

कस्तो अवस्थामा रकम दिनुपर्दैन

नयाँ मुलुकी एेनले सम्बन्ध विच्छेद हुँदा अंश नलिई पतिसँग वार्षिक वा मासिक रकम वा खर्च लिने गरेकी पत्नीले अर्कैसँग विवाह गरेमा पतिले उक्त रकम दिनु नपर्ने व्यवस्था गरेको छ। मुलुकी देवानी एेनको धारा १०० मा उल्लेख गरिएअनुसार सम्बन्धविच्छेद हुने पत्नीले अंश नलिई पतिसँग एकमुष्ठ रकम वा वार्षिक वा मासिक रकम वा खर्च भराइ लिएको अवस्थामा अर्को बिहे गरेमा उक्त रकम वा खर्च दिनु पर्दैन।

 

त्यस्तै अंशबण्डा गर्दा कुनै सम्पत्ति नपाइ पतिबाट खान लाउन खर्चको व्यवस्था गरेकी पत्नीले अर्को वववाह गरेमा पतिले खर्च दिनु पदैन। पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा पनि खर्च पतिले सम्बन्धविच्छेद गरेकी पत्नीलाई खर्च दिनुपर्दैन। मुलुकी एेनको दफा १०१ मा भनिएको छ :

 

( अंशबण्डा गर्नु पर्दा कुनै सम्पत्ति नभइ पतिबाट अंश नपाएकी पत्नीले पतिबाट खान लाउन खर्च भराउन चाहेमा र पतिको आम्दानी भएमा अदालतले त्यस्ती पत्नीलाई सम्बन्ध विच्छेद भएको पतिले आम्दानीको आधारमा खान लगाउने खर्च भराइ दिन सक्नेछन्।

 

तर यस्तो सुविधा लिएकी पत्नीले अर्को विवाह गरेमा पतीले उक्त रकम दिनुपर्दैन।त्यस्तै पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा पनि पतीले खर्च दिनुपर्दैन। भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू हुँदैछ।

 

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न