राष्ट्रिय अनुसन्धान विभागका १५ डिएसपी र २७ इन्सपेक्टरको बढुवा को-को परे नामसहित



 

राष्ट्रिय अनुसन्धान विभागका १८ प्रमुख अनुसन्धान अधिकृत९डिएसपी०को उप अनुसन्धान अधिकृत (एसपी)मा तथा २७ जना अनुसन्धान अधिकृत(इन्सपेक्टर)को प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)मा बढुवा भएको छ।

 

शुक्रबार बेलुका गृह मन्त्रालयले बढुवाको निर्णय गरेको हो।

 

बढुवाका आकांक्षीहरुबीचकै विवादका कारण करिब ती महिनासम्म बढुवा रोकिएको थियो।

 

बढुवामा चरम राजनीतिका दबाब र चलखेल हुँदा केही राम्रा अधिकृतहरु बढुवामा छुटेका छन्। विवादकै कारण बेलुका अबेर निर्णय गरेको हो।

 

एसपीमा बढुवा हुनेहरुमा मुकुन्दराज श्रेष्ठ, नवीनप्रसाद भट्टराई, टेकराज तिमल्सिना, तुलसीराम प्रसाई, सुरेन्द्र कोइराला, रमेशसिंह डाँगा, वीेरेन्द्रसिंह कार्की, नगेन्द्रराज गिरी, शेरजंगबहादुर चन्द, अभिनयकुमार मिश्र, तिलक शर्मा प्रसाई, विमल घिमिरे, गोपाल पन्थी, कमल भट्टराई र कुलबहादुर खड्का उप अनुसन्धान निर्देशनकमा बढुवा भएका हुन्।

 

बढुवा भएका धेरैको पदस्थापन समेत भइसकेको गृह मन्त्रालय स्रोत बताउँछ।

 

विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगेर प्रभावकारी बनाउने निर्णय भएपनि हालसम्म कार्यान्वायन भइसकेको छैन।

 

सिष्टमको अभाव तथा चरम राजनीतिक हस्तक्षेपका कारण देशको प्रमुख गुप्तचर निकाय प्रभावकारी बन्न सकेको छैन।

 

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न