डाक्टरहरुले सरकारलाई दिए यस्तो खतरा चेतावनी,पेशा परिवर्तन या देशै छोड्न सक्ने



 

उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा डाक्टरलाई जेल हाल्ने पछिल्लो कानुनी व्यवस्थाप्रति चिकित्सकहरुले आपत्ति जनाएका छन् । भदौ १ गतेबाट कार्यान्वयनमा आउने मुलुकी संहिताको यो कानुनी व्यवस्था संशोधन नभए डाक्टरले लाइसेन्स बुझाएर बस्ने चेतावनीसमेत सरकारलाई दिएका छन् ।

 

पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

 

नेपाल मेडिकल एसोसिएसनका महासचिव डा। लोचन कार्कीले अहिलेको व्यवस्था हेर्दा सरकारले डाक्टरलाई ज्यानमारा र अपराधीको जस्तो व्यवहार गर्न खोजेको भान हुने बताउँदै यस्तो अवस्थामा काम गर्न नसकिने बताए ।

 

डा। कार्कीले अनलाइनखबरसँग भने, ‘यसलाई परिमार्जन गर्नुस् भनेर हामी सरकारलाई अनुरोध गर्छौं । त्यसबाट पनि भएन भने त लाइसेन्स लगेर स्वास्थ्य मन्त्रालयमा बुझाएर घर बस्नेबाहेक अरु उपाय रहँदैन ।’

 

यो व्यवस्था संशोधन नभए विकृति झन् बढ्ने उनले आशंका गरे । कार्कीले भने, ‘अहिले डाक्टरलाई हात हाल्ने र स्वास्थ्य संस्था तोडफोड गर्दै मोटो रकम असुलेर कमिसन खाने गिरोहसँग लड्नुपरिरहेको छ । यो व्यवस्था लागू भयो भने यो विकृति झन् बढ्छ ।’

 

बिरामी जाँचेको सयरपचास रुपैयाँ लिएर जीवनभर जेल बस्ने जोखिम मोल्न कोही पनि चिकित्सकहरु तयार नभएको कार्कीले बताए ।

 

अब पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था आएकोप्रति डाक्टरहरु चिन्तित रहेको उनको भनाइ छ । उनले भने, ‘यसरी त हामी काम गर्नै सक्दैनौं भनेर डाक्टरहरुले भनिराख्नुभएको छ । अब पेशा नै परिवर्तन गर्ने हो कि, देशै छोडेर हिँड्ने हो कि भनेर डाक्टरहरु एकदमै चिन्तित छन् ।’

 

डा। कार्कीले अहिलेको कानुनी व्यवस्थाले स्वयम् बिरामीसमेत मर्कामा पर्ने बताए । डाक्टरहरु कारवाहीबाट जोगिन सामान्य समस्याको बिरामीको पनि धेरै प्रकारको परीक्षण गर्दा उपचार महंगो हुने र त्यसबाट बिरामी नै मर्कामा पर्ने उनको भनाइ छ ।

 

डा। कार्कीले भने, ‘बिरामीलाई सामान्य ज्वरो आयो भने पनि ज्वरो के(के कारणले आउन सक्छ भनेर अनेक प्रकारका अनुसन्धान गर्नुपर्ने हुन्छ । यसबाट स्वास्थ्य उपचार सेवा झन् महंगो हुन्छ, जुन नेपालको अहिलेको व्यवस्था र जनताको क्रयशक्तिले भ्याउँदैन ।’

 

डा। कार्कीको जस्तै धारणा छ नेपाल मेडिकल काउन्सिलका वरिष्ठ उपाध्यक्ष डा। ढुण्डीराज पौडेलको पनि । चिकित्सा सेवा विशिष्ट प्राविधिक सेवा भएकाले कुनै पनि डाक्टरले जानाजान गल्ती नगर्ने पौडेल बताउँछन् । डाक्टरको उद्देश्य नै बिरामीको सेवा गर्नु हो भन्दै उनले अगाडि भने, ‘यसमा लापरवाही गर्ने र बदनियत राख्ने भने कुरै हुँदैन ।’

 

तर, कुनै कारणबस बिरामीको मृत्यु भएमा विज्ञ टोली बनाएर उचित राहत दिन भने सकिने उनले बताए । तर, विज्ञ नै नराखिकन र आफूहरुसँग परामर्शसमेत नगरिकन गरिएको कारवाहीको व्यवस्था खेदजनक भएको उनले बताए ।

 

डा। पौडेलले अनलाइनखबरसँग भने, ‘संसारमा कहिँ नभएको बदनियत, लापरवाही भन्ने शब्द प्रयोग गरी चिकित्सकहरुलाई अपराधीजस्तो संज्ञा दिइएकोमा हाम्रो घोर आपत्ति छ । यसविरुद्ध हामी कुनै पनि कदम चाल्न सक्छौं ।’

 

यसैवीच चिकित्सहरुले मुलुकी संहिताको प्रावधानको विरोधमा बैठकको आयोजना गर्न लागेको काउन्सिलका पदाधिकारीले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न