तय भयो ‘दालभात तरकारी’ पस्किने मिति, कलाकार यी हुनेछन्



हाम्रो इकोनोमि

 

मह सञ्चारको प्रस्तुतीमा किरण केसीले निर्माण गर्ने फिल्म ‘दालभात तरकारी’को प्रदर्शन मिति छायाँकन अगाडी नै तय गरिएको छ ।

निर्माण पक्षले जानकारी गराए अनुसार ‘दालभात तरकारी’ आगामी सालको बैशाख १३ गते प्रदर्शनमा आउने छ ।

सुदन केसीको डेव्यु निर्देशन रहने फिल्म ‘दालभात तरकारी’ का कलाकारहरुको नाम भने गोप्य राखिएको छ ।

तर विश्वस्त श्रोतका अनुसार ‘दालभात तरकारी’मा दर्शकले अभिनेता हरिवंश आचार्य र अभिनेत्री निरुता सिंहको जोडीलाई देख्न पाउँने पक्का पक्की भएको छ ।

यस्तै नायक पुष्प खड्का र नायिका स्वस्तिमा खड्काको जोडी पनि दालभात तरकारीमा बाँधिने सम्भावना प्रवल छ ।

हाँस्यव्यांग्य कलाकार विल्सन विक्रम राई केही दिन अगाडी मात्रै अनुबन्धित भएका छन् ।

कलाकार बारे निर्माता किरण केसीसँग थप बुझ्दा उनले हाल केही नबोल्ने बताए । माथि उल्लेखित कलाकार फिल्ममा हुन नसक्ने पनि भन्न सकेनन् ।

‘केही दिनमै प्रेसमिट गरेर कलाकार र प्राविधिक बारे सबै जानकारी गराउँछु’, निर्माता केसी भन्छन् ।

‘शत्रुगते’को सफलतापछि मह जोडी र किरण केसी ‘दालभात तरकारी’ निर्माणमा कस्सिएका हुन् ।

‘शत्रुगते’ का दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह र आँचल शर्मा सम्भवतः ‘दालभात तरकारी’मा हुने छैनन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...