तय भयो ‘दालभात तरकारी’ पस्किने मिति, कलाकार यी हुनेछन्



हाम्रो इकोनोमि

 

मह सञ्चारको प्रस्तुतीमा किरण केसीले निर्माण गर्ने फिल्म ‘दालभात तरकारी’को प्रदर्शन मिति छायाँकन अगाडी नै तय गरिएको छ ।

निर्माण पक्षले जानकारी गराए अनुसार ‘दालभात तरकारी’ आगामी सालको बैशाख १३ गते प्रदर्शनमा आउने छ ।

सुदन केसीको डेव्यु निर्देशन रहने फिल्म ‘दालभात तरकारी’ का कलाकारहरुको नाम भने गोप्य राखिएको छ ।

तर विश्वस्त श्रोतका अनुसार ‘दालभात तरकारी’मा दर्शकले अभिनेता हरिवंश आचार्य र अभिनेत्री निरुता सिंहको जोडीलाई देख्न पाउँने पक्का पक्की भएको छ ।

यस्तै नायक पुष्प खड्का र नायिका स्वस्तिमा खड्काको जोडी पनि दालभात तरकारीमा बाँधिने सम्भावना प्रवल छ ।

हाँस्यव्यांग्य कलाकार विल्सन विक्रम राई केही दिन अगाडी मात्रै अनुबन्धित भएका छन् ।

कलाकार बारे निर्माता किरण केसीसँग थप बुझ्दा उनले हाल केही नबोल्ने बताए । माथि उल्लेखित कलाकार फिल्ममा हुन नसक्ने पनि भन्न सकेनन् ।

‘केही दिनमै प्रेसमिट गरेर कलाकार र प्राविधिक बारे सबै जानकारी गराउँछु’, निर्माता केसी भन्छन् ।

‘शत्रुगते’को सफलतापछि मह जोडी र किरण केसी ‘दालभात तरकारी’ निर्माणमा कस्सिएका हुन् ।

‘शत्रुगते’ का दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह र आँचल शर्मा सम्भवतः ‘दालभात तरकारी’मा हुने छैनन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...