गाँजासहित तीनजना पक्राउ, पोखरीमा डुबेर बालिकाको मृत्यु 



हाम्रो इकोनोमि

 

प्रतिबन्धित लागूऔषध गाँजासहित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ खयरवानाबाट प्रहरीले हिजो साँझ एक पसलेलाई पक्राउ गरेको छ ।

 

खयरवाना चौकमा चट्पटे पसल गर्ने ६६ वर्षीय शोभित मण्डललाई पसलमा राखेको दुई किलो लागूऔषध गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

 

यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलेर अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको समानसहित दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका–३ निवासी ४२ वर्षीया अनितादेवी साह र सोही ठाउँकी ५५ वर्षीया मदिना मिया रहेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेकाको साथबाट १५ किलो जीरा, एक क्विन्टल सुजी, रसगुल्ला र पापड लगायतका समान बरामद भएको प्रहरीले जनाएको छ । बरामद समानसहित दुवै महिलालाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय खैरटोका माडर सिरहामा बुझाइएको छ ।

 

पोखरीमा डुबेर बालिकाको मृत्यु 

सिरहाको गोलबजार नगरपालिका–११ बलकवास्थित पोखरीमा डुबेर शनिबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रवीन्द्र शर्माका छ वर्षीया छोरी रिशिका शर्मा रहेको प्रहरीले जनाएको छ । नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु भएको परिवारजनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...