नेपाली कामदार मलेसिया जान तत्काल खुल्ने, संझौता गर्न आउँदै मलेसियाका मानव संशाधन मन्त्री



 

कामदार भित्र्याउन नेपाल लगायतका देशसँग समस्या भएपछि मलेसियाले कामदार आपूर्तिमा नयाँ नीति नै सार्वजनिक गर्ने भएको छ । विभिन्न कम्पनी खडा गरी कामदारबाट चर्को रकम असुल गरेको समस्यालाई समाधान गर्नेगरी मलेसियाले यसै साता नयाँ नीति घोषणा गर्ने भएको हो ।

 

मलेसियाले कामदार आपूर्ति गर्दा विभिन्न कम्पनी खडा गरेर ठगी गर्न थालेको भन्दै नेपालले कामदार पठाउन रोक लगाएको छ । यस विषयमा मलेसियाका मानव संशाधनमन्त्री एम. कुलाशेगारन नेपाल आउने भएका छन् ।

 

उनलाई समस्या समधान गर्नका लागि नेपाल भ्रमणमा जान त्यहाँको मन्त्रिपरिषद्ले समेत स्वीकार गरेको छ । ‘समस्या समाधान गर्न नेपाल सरकारसँग एमओयु गर्ने तयारी फाइनल चरणमा पुगेको छ,’ उनले अगाडि भने, ‘यसअघि नेपालसँग यस्तो सम्झौता भएको थिएन, तर अहिले एमओयु गर्न सहमत भएको छ, साथै मलाई मन्त्रिपरिषद्बाट नेपाल गएर समस्या समाधान गर्न अनुमति मिलेको छ ।’

 

वैदेशिक रोजगारीका क्षेत्रमा कार्यरत केही संस्थाले मलेसिया जाने श्रमिकबाट गैरकानुनी तवरले विभिन्न नाममा १५ देखि २० हजारसम्म शुल्क उठाउँदै गरिएको ठगी सरकारले अन्त्य गरिदिएपछि यसमा मलेसियाले चासो व्यक्त गर्दै आएको छ । धेरै कम्पनीले अहिले पनि नेपाली कामदार खोजिरहेको बताउँदै उनले सरकारले कामदारमाथि कुनै प्रतिबन्ध नलगाएको स्पष्ट पारे ।

 

नेपाली कामदार रोकिएको विषयमा सहमति जुटाउने विषयमा पहल भइरहेको मन्त्री कुलाशेगारनले जानकारी गराएका छन् । मलेसियाका मानव संशाधनमन्त्री कुलाशेगारनले गृहमन्त्रीसँग मंगलबार भेट गरेपछि सरकारले कामदार ल्याउने बारेमा नयाँ नीति घोषणा गर्ने जानकारी पनि दिएका छन् । नयाँ नीतिले पुरानो नीतिलाई सुधार गर्नेछ । जसले कामदारमा आर्थिक बोझ थपिँदा धेरै समस्या ल्याएको छ । कामदार र मलेसियाका सरकारसँग विशेषगरी मध्यस्थताको भूमिका निर्वाह गरिरहेकाले समस्या ल्याउने गरेको मलेसियाको धारणा रहेको छ ।

 

 

हाल मलेसियाले १७ वटा देशबाट कामदार आपूर्ति गर्दै आएको छ । नेपालले मलेसियाले सुधारको नीति नलिए कामदार नपठाउने बताएपछि ऊ अप्ठेरोमा परेको छ । यस्तै, गत महिनादेखि बंगलादेशबाट कामदार लैजाने प्रक्रिया पनि मलेसियाले बन्द गरेको छ । जसका कारण पनि नेपाली कामदारको विषयमा उदार नीति लिने सम्भावना धेरै छ ।

 

 

‘मंगलबार म प्रधानमन्त्री डा. महाथिर मोहम्मदसँग विदेशी कामदारका समस्याका विषयमा विशेष छलफल गर्दै छु,’ मन्त्री कुलाशेगारनले भने, ‘हामी सबैसँग व्यवस्थित प्रणालीबाट कामदार झिकाउने तयारीमा छौँ । विशेषगरी जसलाई कामदारको सख्त जरुरी परेको छ ।’ मलेसियामा कामदार लिने विषयको नीति बनाउने जिम्मेवारी विशेषगरी गृहमन्त्रीको हुने गर्दछ ।

 

 

उनले विदेशी कामदारले के चाहन्छन्, के आवश्यकता छ र कुन क्षेत्रमा जान चाहन्छन् भन्ने कुरा नीतिले समेट्ने जानकारी दिए । प्रत्येक कम्पनीले बढीमा १५ प्रतिशतसम्म मात्रै विदेशी कामदार राख्न पाउने गरी नीति तर्जुमा गर्न लागेको छ । बाँकी ८५ प्रतिशत स्थानीय कामदारलाई नै ठाउँ दिनुपर्नेछ ।

 

यसबाट विदेशी कामदार प्रभावित हुने देखिएको छ । मन्त्री कुलाशेगारनले १५ प्रतिशत भन्दा बढी कामदार भएका कम्पनीले सबै कामदारको प्रमाणपत्र लिएर दर्ता गर्नुपर्ने बताएको आजको सौर्य दैनिकमा समाचार छ । १५ प्रतिशतभन्दा बढी भए उनीहरू अवैध मानिने उनको भनाइ छ ।

 

 

५० को दशकदेखि नेपाली वैदेशिक रोजगारीमा जान थालेका हुन् । हालसम्म करिब ४३ लाख नेपाली श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न देशमा पुगेका छन् । नेपालीका लागि मलेसिया सबैभन्दा ठूलो श्रम गन्तव्य बनेको छ । वैदेशिक रोजगारीका लागि बिदेसिएका नेपालीमध्ये मलेसियामा करिब ३० प्रतिशत कार्यरत रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

 

 

अझै पनि मलेसियामा करिब पाँच लाख नेपाली कार्यरत रहेको बताइएको छ । मलेसियामा सबैभन्दा बढी नेपाली सुरक्षा गार्डका रूपमा कार्यरत छन् । मलेसिया सरकारका अनुसार २४ हजार ४ सय २८ जना सुरक्षा गार्डका रूपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न