ठूलो परिमाणको लागूऔषध सहित पाँच पक्राउ



हाम्रो इकोनोमि

 

चितवन प्रहरीले ठुलो परिमाणको लागूऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ न्यूरोडबाट पक्राउ परेका उनीहरु विरुद्ध आज मुद्धा दर्तागरी अनुसन्धान अगाडि बढाइएको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

 

पक्राउ पर्नेहरुमा नवलपरासी जिल्ला गैडाकोट नग।पालिका १ का २४ वर्षीय किरण जिसी, चितवनको भरतपुर महानगरपालिका वडा नं ३ का २४ वर्षीय बुद्धि गुरुङ,  भरतपुर महानगरपालिका ७ का २१ वर्षीय लालकृष्ण ढकाल, भरतपुर महानगरपालिका वडा नम्बर २ का २६ वर्षीय सलिम मिया र चितवन खैरहनी नगरपालिका वडा नम्बर १ ज्यामिरेका १९ वर्षीय अमृत आचार्य रहेका छन् ।

 

उनीहरुको साथबाट प्रहरीले डाईजेपाम, ११५ एम्पुल, व्युप्रिनर्फिन ११५ एम्पुल, फेनारगन ११५ एम्पुल, नाईट्राजेपाम १ हजार ५४५ ट्यावलेट, स्पास्मो प्रोक्सिभन,४८ क्याप्सुल, फेन्सिडिल, (१०० एमएल)को ११ बोतल बरामद गरिएको ढकालले जानकारी दिए ।

 

चितवनको नारायणगढ स्थित न्युरोडमा साउन २२ गते ना २४ प ११०० नम्बरको मोटरसाईकल चेकजाँच गर्दा लागूऔषध सहित किरण जिसी र बुद्धि गुरुङलाई पक्राउ गरिएको र उनीहरुको बयानका आधारमा लालकृष्ण ढकाल, सलिम मिया र अमृत आचार्यलाँई आज नारायणगढबाट पक्राउ गरिएको हो ।

 

उनीहरु लागु औषधको ओसारपसार, संचय, बिक्रिबितरण तथा सेवनमा समेत संलग्नता रहेको पाईएको प्रहरीले जनाएको छ ।
प्रहरीले गैंडाकोटमा रहेको किरण जिसीको घरमा लुकाई राखेएको अबस्थामा उक्त परिमाणको लागूऔषध बरामद गरिएको प्रहरीद्धारा आज जारी गरिएको सूचनामा उल्लेख छ ।

 

पक्राउ परेकाहरुलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...