वादलको निर्देशनमा विप्लवका कार्यकर्ता खोजी खोजी पक्राउ, पोखरामा थप दुई समातिए



गृहमन्त्री राम बहादुर थापा वादलको निर्देशनमा नेत्र विक्रम चन्द विप्लवको नेतृत्वका कार्यकर्ताहरुलाई प्रहरीले खोजी खोजी पक्राउ गर्ने क्रम जारी राखेको छ।

 

यो हप्तामै काठमाडौं उपत्यकाबाट पार्टी प्रवक्ता खड्ग वहादुर विश्वकर्मा प्रकाण्ड सहित करिव एक दर्जन कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले पोखरामा पनि थप दुईलाई पक्राउ गरेको छ।

 

शनिवार नै नेपाल कम्युनिष्ट पार्टी कास्कीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्ने नेकपा कार्यकर्ताहरुमा क्रान्तिकारी भूमीहिन सुकुम्बासी संघ कास्कीका अध्यक्ष टिकाराम घिमिरे र अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटी सम्मेलन आयोजक कमिटी सदस्य सागर काफ्ले रहेको पत्रकार ओम हमालले जानकारी दिएका छन्। उनीहरुमध्ये घिमिरेलाई वडा प्रहरी कार्यालय बैदाम र काफ्लेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको प्रहरीले जानकारी दिएको छ।

 

गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु आपराधिक गतिविधिमा रहेका कारण पक्राउ गरिएको बताएका छन्। शुक्रबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरिएको बताएका थिए।

 

“कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,”उनले भनेका थिए। मन्त्री थापाले भनेका थिए, “म गृहमन्त्री हुँ, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।”

 

विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको मन्त्री थापाको भनाई थियो। सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिक र प्रशासनिक रुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न