अर्थमन्त्री खतिवडाको राजीनामा माग, ओलीले भने म सोच्दैछु



हाम्रो इकोनोमि

 

प्रदेश नम्बर पाँचका सांसद र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ । भेटवार्तामा अर्थमन्त्री युवराज खतिवडाको राजीनामा माग गरिएको छ ।

 

दाङ क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्य मेटमणि चौधरीले अर्थमन्त्रालयले सक्छ भने बजेटलाई करेक्सन गर्नुपर्छ, यदि त्यसो गर्न सकेन भने अर्थमन्त्री परिवर्तन हुनुपर्ने बताए ।  उनले भने, ‘अहिलेको बजेटले जनता खुसी छैनन् । जनतालाई खुसी बनाउन जनताको माग सम्बोधन गर्न सक्नुपर्छ । अर्थमन्त्रीले जनताको पक्षमा बजेट ल्याउन सकेनन् ।’ ‘सरकारलाई कमजोर बनाउँदैछन् भने उनी किन अर्थमन्त्री बन्ने ?’ सांसद चौधरीले प्रधानमन्त्री ओलीलाई प्रश्न समेत गरे ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री खतिवडाको राजीनामाबारे केही नबोलेको बताउँदै सांसद चौधरीले भने, ‘प्रधानमन्त्रीजीको बाध्यता थियो होला ।’   प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै उनले भने, ‘सरकारले गति लिने, अगाडि बढ्ने र कार्यक्रमहरुको योजना बनाइसकेको र टुंगोमा पुर्याउने काम भइसकेको छ ।’

 

भेटमा प्रधानमन्त्री ओलीले आगामी वर्षदेखि वृद्वा भत्तादेखि सामाजिक भत्ता बढाउने जनाएका छन् । ‘यो साल जे भइसक्यो, अर्को वर्षदेखि राम्रो गर्नेछु ।’ प्रधानमन्त्री ओलीले भने ।
त्यस्तै, भेटवार्तामा देशलाई कसरी गति दिन सकिन्छ, र खासगरी प्रदेश नम्बर पाँचलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे छलफल भएको दाङ क्षेत्र नम्बर ३ प्रदेशसभा सदस्य हिराचन्द्र विष्टले जानकारी दिए ।

 

‘विगतको सरकारले हेर्दाखेरी देशलाई खोक्रो बनाएको थियो । यो देखिन्छ पनि,’ उनले भने, ‘स्थानीय निकायदेखि प्रदेश÷प्रतिनिधिसभासम्म हामी नयाँ संरचानाले अघि बढिरहेका छौं । त्यसकारण केही समय लाग्छ । त्यसपछि मुलुक नयाँ ढंगले अघि बढ्छ । यो सरकारले देश, जनता र राष्ट्रको पक्षमा काम गर्छ ।’

 

प्रधानमन्त्रीले पनि यस विषयलाई गम्भिर भएर सोचेको उनले बताए । भेटमा बाटोघाटो अवारेध भएका कुराहरुलाई पनि जोड दिएका उनले बताए ।  प्रदेशसभा सदस्य सोमप्रसाद पाण्डेले भने, ‘हामीले जुन आश गरेर प्रधानमन्त्रीलाई भेटेका थियौं,  त्यो आश चाहिँ पुरा हुने खालको हामीले पाएका छौं ।’ उनले भने, ‘प्रधानमन्त्रीजी पनि त्यसमा चिन्तित हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...