ट्रेड युनियनका नेता नै सचिव र सहसचिवलाई थर्काउदै रकम असुल्दै गरेको खुलासा, १० करोड अबैध सम्पत्ति भएको तथ्य



 

प्रधानमन्त्री केपी शर्मा ओली सुशासन कायम गराउन कटिबद्ध भएर लागेका छन् । तर उनकै निकट भन्दै नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारीहरू घुस लिंदै भ्रष्ट कर्मचारीलाई आकर्षक स्थानमा सरुवा गर्न तल्लीन रहेको समाचार प्राप्त भएको छ ।

ट्रेड युनियनका कर्मचारी नेता नै मन्त्रालयका सचिव र सहसचिवलाई थर्काउदै रकम असुल्दै आएको स्रोतको दाबी छ । ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल र बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालासँग  १० करोड अबैद सम्पत्ति भएको तथ्य खुलेको स्रोत बताउँछ ।

 

आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल हरेक मन्त्रालयका सचिव र सहसचिवलाई ‘केपी ओलीको सरकार छ, म उहाँको प्रतिनिधि हुँ, हामीले भनेअनुसार गरे ठीक छ अन्यथा राम्रो हुन्न’ भन्दै थर्काउने गरेको गुनासो प्रँप्त भएको छ । र, आर्थिक लाभ लिएर बदनाम र भ्रष्ट कर्मचारीलाई मालपोत, यातायात, बैदेशिक रोजगार विभाग र आकर्षक परियोजनामा सरुवा गर्न दबाब दिने गरेका छन् ।

 

जो हिजो पनि तिनै कमाउ कार्यालयमा बर्षौबर्ष कार्यरत थिए, तिनलाई पुनः ती कार्यालयमा सरुवा गर्न आधिकारिक ट्रेड युनियन अध्यक्ष ढकाल र निजामती कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला लागेको गुनाासो छ । प्रधानमन्त्री ओलीको नाम लिएर उनीहरूले सरुवामा आर्थिक चलखेल गरेको गुनासो सामान्य प्रशासन मन्त्रालयभित्र ब्याप्त छ ।

 

ढकाल र कोइरालाले केही महिनाअघि १० बर्षभन्दा सडक आयोजनामा लेखापाल भई अकूत सम्पत्ति आर्जन गरेका सुवास कोइरालालाई सुर्खेत सडकको लेखापालमा सरुवा गराइसकेका छन् । स्रँेतका अनुसार, उनी कांग्रेसका पालामा पटक पटक सडक आयोजनामा लेखापाल भएर अकूत सम्पत्ति आर्जन गर्ने लेखापालमा पहिलो नम्बरमा पर्दछन् ।

 

कर्मचारी स्रात भन्छ, ढकाल र कोइरालाले संगठनमा लामो समय योगदान पु¥याउने राजेश आचार्य, माधव पौडेल, देवदत्त जोशी, अमित गिरी जस्ता संगठकहरूलाई दुःख दिने नियतका साथ अपायक वा अनाकर्षक कार्यालयमा सरुवा गर्न सिफारिस गर्दछन् । तर भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेका बदनाम र दलालहरूसँग आर्थिक लाभ लिएर सरुवा गर्न तल्लीन हँुदैआएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीलाई प्रधानमन्त्रीको नाम लिंदै उनले आफूले भनेअनुसार सरुवा नगरे देखाइदिने धम्की दिने गरेका छन् ।

 

मन्त्रालयको कर्मचारी प्रशासनका कर्मचारीहरू लेखनाथ कोइरालाको ब्यवहारबाट आजित हुन थालेका छन् । प्रत्यक्षदर्शी भन्छन्, उनी बदनाम कर्मचारीको सरुवा गर्न दिनभर दलाल झैं सामान्यको कर्मचारी प्रशासनमा बस्ने गर्दछन् । र, ओलीको नाम लिंदै धम्की दिने गर्दछन् । ट्रेड युनियन अध्यक्ष ढकाल र संगठनका बरिष्ठ उपाध्यक्ष कोइरालाले आफ्नो नाम लिंदै उच्च प्रशासकहरूलाई थर्काउने र आर्थिक लाभ लिएर कर्मचारी सरुवा गरेकोबारेमा प्रधानमन्त्री ओलीसम्म सूचना पुगेको स्रँेत बताउछ । र, प्रधानमन्त्री ओलीले यसलाई गम्भीरतापूर्वक लिएको स्रोतले बताएको छ ।

 

महलेखाका लेखापालहरूबाट आर्थिक लाभ लिंदै आकर्षक परियोजनामा सरुवा गराउने गरेर मात्र नपुगी कोइरालाले गृहमन्त्रालयमा गएर कांग्रेसको शासनमा सधैं आकर्षक ठाउँमा बसी धन कमाउन सफल उपसचिव डम्मरुप्रसाद निरौलालाई ललितपुर जिल्ला प्रशासन कार्यालयको सहायक प्रजिअ बनाउन चर्को दबाब दिएको खबर छ । नेकपा समर्थक उपसचिवहरूले मोरङ कारागार कार्यालयमा समेत ठाउँ नपाएको बेला कांग्रेसको नेताका रुपमा प्रस्तुत हुने निरौलालाई ललितपुरमा लान लागेका छन् । निरौला एक उदाहरण हुन्, नायबसुब्बा नारायण गौतम जो १२ बर्ष बागमती यातायात, नारायणी, मेची यातायात सबैतिर काम गरी करोडौं भ्रष्टाचार गरेको आरोप लागेका हुन््, उनलाई लेखनाथ कोइरालाले पुनः यातायात ब्यवस्था विभागमा सरुवा गराएका छन् ।

 

उनी पुनः यातायात कार्यालयमा सरुवा हुँदैछन् । कलंकी मालपोत कार्यालयमा बर्षौदेखि कार्यरत अर्का करोडपति नासु कुलमणि अधिकारीलाई पनि आर्थिक लाभ लिएरै लेखनाथ कोइरालाले थमौती गराएको आरोप कर्मचारीहरूको रहेको छ । कोइरालाले संगठनको बरिष्ठ उपाध्यक्ष सरुवाको संयोजक हो, मैले मात्र हो सरुवा गर्ने भनेर कांग्रेसको पालामा घुस खाएर अकूत सम्पत्ति आर्जन गर्ने डनहरूसँग लाभ लिंदै आकर्षक कार्यालयमा सरुवा गर्नेमात्र काम हुँदैआएको आरोप छ ।

 

अध्यागमन कार्यालय एयरपोर्टमा ८ बर्ष काम गरेका शाखा अधिकृत महेन्द्र ँिश्ँकर्मालाई सामान्य प्रशासन मन्त्रालयले प्रदेश नम्बर १ मा सरुाँ गरेको थियो । तर प्रदेशमा खटाएका सबै कर्मचारी गए पनि उनी गएनन् । अहिले पुण्य ढकाल र लेखनाथ कोइराला ँिश्ँकर्मालाई पुनः अध्यागमन कार्यालय एयरपोर्टमै फर्काउन सक्रिय भएर लागेको कर्मचारी स्रँेत बताउछ ।

 

लेखनाथ कोइराला ५ बर्षदेखि कार्यरत शान्ति मन्त्रालयको राहत पुनस्र्थापना इकाई खारेज भएपछि उनी लेखापाल पद प्रमुख हुने केन्द्रमा अँस्थित पर्याप्त भ्रष्टाचार गर्न पाउने कार्यालय ाँ आयोजना खोजीखोजी हिंडिरहेको चर्चा छ । राहत पुनस्र्थापना ईकाइमा करारका कर्मचारीको तलँ दिंदा पनि घुसदेखि अरु ँिभिन्न हर्कत देखाउने गरेको आरोप लागेका लेखापाल कोइरालाले आरसीआइपी आयोजनामा सरुाँ हुन सबै शक्ति लगाइरहेका छन् ।

 

५ बर्षभन्दा बढी समयदेखि अर्थमन्त्रालयमा कार्यरत निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देँकोटलाई अर्थमै टिकाउन लागिएको छ । उनीमाथि कृषि मन्त्रालयका प्राँिधिकहरू मात्र जाने कोटामा बजेट नै नदिने भनेर जबर्जस्ती आफ्नो नाम हाली चीन भ्रमणमा गएको आरोप छ । साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न