५ करोड ८७ लाख ठगी गरेको आरोपमा ‘माई इन्भेष्टमेन्ट ग्रुप’का सञ्चालक गजमेर जेल चलान



हाम्रो इकोनोमि

 

पब्लिक कम्पनी खोलेर ठगी गरेको आरोपमा पक्राउ परेका ‘माई इन्भेष्टमेन्ट ग्रुप’का अध्यक्ष अनिल गजमेरलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले गजमेरलाई सुन्धारास्थित केन्द्रिय कारागारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

 

काठमाडौंको बालुवाटारस्थित कालिका टावरमा ‘माई इन्भेष्टमेन्ट ग्रुप’ नामक कम्पनी सञ्चालन गरेका गजमेरविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ५ करोड ८७ लाख बिगो दाबीसहित मुद्धा दर्ता गरेको थियो । अदालतको आदेशअनुसार गजमेरलाई थुनामा पठाइएको महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिएका छन् ।

 

करोडौं ठगेको उजुरी परेपछि काठमाडौं प्रहरीले असार २६ गते उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । गजमेरबिरुद्ध २५ लाख ५२ हजारको बैंकिङ कसुर मुद्धामा अर्को जाहेरी समेत परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...