बिहिबार ८ः३० देखि नेपाल आइडल २ प्रशारण हुने



हाम्रो इकोनोमि

 

सर्वाधिक लोकप्रिय र सफल अन्र्तराष्ट्रिय टेलिभिजन रियालिटी शो नेपाल आइडल २ को प्रतिक्षा समाप्त भएको छ ।

नेपाल आइडलको दोश्रो संस्करण एपी वान एचडिमा नेपाल आइडल २ साउन २४ गते देखी हरेक हप्ताको बिहिबार र शुक्रबार ८ः३० बजे प्रसारण हुँदैछ ।

नेपाल आइडलको प्रथम संस्करणले अपार सफलता पाएको थियो ।

दोश्रो संस्करणमा पनि अघिल्लो संस्करणका निर्णायक न्हयु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहने छन् ।

प्रस्तोता भने यो संस्करणमा रिमा विश्वकर्मासँग नयाँ अनुहार आसिफ शाहलाई देख्न पाइनेछ ।

आसिफ टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा नायक समेत हुन् ।

नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामाले पहिलो स्थान प्रप्त गर्दै पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।

 

नेपाल आइडलमा प्रथम, दाश्रो र तेश्रो स्थान प्रप्त गर्न सफल बिजेताहरुले देश तथा विदेशका बिभिन्न मञ्चहरुमा प्रस्तुती दिदै आफ्नो ख्यातीमा थप उचाइ थपिरहेका छन् ।

मन जित्छ उस्ले, सुमधुर गाउँछ जस्ले भन्ने नाराका साथ अडिसन राउण्डका कार्यक्रम प्रसारण गर्दै शुरु हुने नेपाल आइडल २ का बिजेताले २० लाख नगद, एउटा होन्डा डब्लुआर भी कार, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक छनौट गर्न पाउने छन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...