बिहिबार ८ः३० देखि नेपाल आइडल २ प्रशारण हुने



हाम्रो इकोनोमि

 

सर्वाधिक लोकप्रिय र सफल अन्र्तराष्ट्रिय टेलिभिजन रियालिटी शो नेपाल आइडल २ को प्रतिक्षा समाप्त भएको छ ।

नेपाल आइडलको दोश्रो संस्करण एपी वान एचडिमा नेपाल आइडल २ साउन २४ गते देखी हरेक हप्ताको बिहिबार र शुक्रबार ८ः३० बजे प्रसारण हुँदैछ ।

नेपाल आइडलको प्रथम संस्करणले अपार सफलता पाएको थियो ।

दोश्रो संस्करणमा पनि अघिल्लो संस्करणका निर्णायक न्हयु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहने छन् ।

प्रस्तोता भने यो संस्करणमा रिमा विश्वकर्मासँग नयाँ अनुहार आसिफ शाहलाई देख्न पाइनेछ ।

आसिफ टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा नायक समेत हुन् ।

नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामाले पहिलो स्थान प्रप्त गर्दै पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।

 

नेपाल आइडलमा प्रथम, दाश्रो र तेश्रो स्थान प्रप्त गर्न सफल बिजेताहरुले देश तथा विदेशका बिभिन्न मञ्चहरुमा प्रस्तुती दिदै आफ्नो ख्यातीमा थप उचाइ थपिरहेका छन् ।

मन जित्छ उस्ले, सुमधुर गाउँछ जस्ले भन्ने नाराका साथ अडिसन राउण्डका कार्यक्रम प्रसारण गर्दै शुरु हुने नेपाल आइडल २ का बिजेताले २० लाख नगद, एउटा होन्डा डब्लुआर भी कार, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक छनौट गर्न पाउने छन ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...