रामभक्त जोजिजूको ‘मनको ढोका’ सार्वजनिक (भिडियोसहित)



हाम्रो इकोनोमि

काठमाडौं : सुगम संगीतका स्थापित गायक रामभक्त जोजिजू आफ्नो नया“ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

सोमबार साँझ इमेज च्यानलबाट प्रिमियर गरिएको ‘मनको ढोका….’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोलाई जोजिजूले आफ्नै आधिकारिक यूट्यूब च्यानल जोजिजू इन्टरटेन्मेन्टमा समेत अपलोड गरेका छन् ।

सोमबारनै यूट्युबमा अपलोड गरिएको आधुनिक शैलीको उक्त गीतमा गीतकार तथा संगीतकार रक्ष गुरुङका कर्णप्रिय शब्द तथा सुमधुर संगीत सुन्न सकिन्छ । गीतमा महाराज थापाको संगीत संयोजन छ ।

निकेश खड्काद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा गायक जोजिजूले पहिलो पटक मोडलको रुपमा अभिनय समेत गरेका छन् । उनलाई लोकप्रिय अभिनेत्री वर्षँ राउतले अभिनयमा साथ दिएकी छिन् ।

काठमाडौंको एउटा रिसोर्टका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोमा राजिव समरको कोरियोग्राफी छ । ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...