आर्यन र साम्राज्ञी स्टारर ‘कायरा’को सुखद सुरुवात



हाम्रो इकोनोमि

आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘कायरा’ ले सुरुवाती व्यापार सुखद गरेको छ ।

गत शुक्रबार देखि प्रदर्शनमा आएको ‘कायरा’ले बर्षाका बाबजुद पनि दर्शकलाई हलमा आकर्षण गर्न सफल भएको हो ।

प्रदर्शनको पहिलो दिन पचास प्रतिशत माथि अकुपेन्सी कायम गरेको ‘कायरा’को शनिबार ८० प्रतिशत बढी अकुपेन्सी रहेको वितरक सुनिल मानन्धरले बताए ।

मल्टिप्लेक्स तथा एकलमा दर्शक संख्या उत्तिकै रहेको वितरक मानन्धरको दाबी छ ।

शनिबार आर्यन र साम्राज्ञी राजधानीका केही हल पुगेका थिए । उनीहरुले दर्शकलाई धन्यवाद दिए ।

लक्ष्मण रिजाल निर्देशित फिल्म ‘कायरा’ले समिक्षकबाट भने प्रशंसा पाउन सकेन ।

दर्शकले फिल्मलाई मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

फिल्मको सुरुवाती व्यापार राम्रो हुनुमा आर्यन र साम्राज्ञीको जोडी नै क्रेडिट जान्छ

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...