आर्यन र साम्राज्ञी स्टारर ‘कायरा’को सुखद सुरुवात



हाम्रो इकोनोमि

आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘कायरा’ ले सुरुवाती व्यापार सुखद गरेको छ ।

गत शुक्रबार देखि प्रदर्शनमा आएको ‘कायरा’ले बर्षाका बाबजुद पनि दर्शकलाई हलमा आकर्षण गर्न सफल भएको हो ।

प्रदर्शनको पहिलो दिन पचास प्रतिशत माथि अकुपेन्सी कायम गरेको ‘कायरा’को शनिबार ८० प्रतिशत बढी अकुपेन्सी रहेको वितरक सुनिल मानन्धरले बताए ।

मल्टिप्लेक्स तथा एकलमा दर्शक संख्या उत्तिकै रहेको वितरक मानन्धरको दाबी छ ।

शनिबार आर्यन र साम्राज्ञी राजधानीका केही हल पुगेका थिए । उनीहरुले दर्शकलाई धन्यवाद दिए ।

लक्ष्मण रिजाल निर्देशित फिल्म ‘कायरा’ले समिक्षकबाट भने प्रशंसा पाउन सकेन ।

दर्शकले फिल्मलाई मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

फिल्मको सुरुवाती व्यापार राम्रो हुनुमा आर्यन र साम्राज्ञीको जोडी नै क्रेडिट जान्छ

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...