ऐतिहासिक क्रिकेट खेलेर फर्कियो नेपाली टोली, आज यसरी हुँदैछ स्वागत



हाम्रो इकोनोमि

 

नेपाललाई एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत दिलाएर नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ ।

नेपाललाई एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत दिलाएर फर्किएको नेपाली क्रिकेट टोलीलाई आज शहर परिक्रमा गराएर भव्य स्वागत गर्ने कार्यक्रम छ ।

एकदिवसीय मान्यता प्राप्त गरेपछि नेदरल्याण्डस्लाई पराजित गर्दै नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जीत हासिल गरेको थियो ।

 

रोमाञ्चक रुपमा खेल जितेर कार्डियाक किड्सको उपमा पाएको नेपालले दोस्रो एकदिवसीय खेलमा  १ रनको जीत हासिल गर्न सफल रहेको थियो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा अलआउट हुँदै २ सय १६ रन बनायो ।

 

जीतका लागि २ सय १७ रनको लक्ष्य पाएको नेदरल्याण्डले अन्तिम ओभरको अन्तिम बलमा अलआउट हुँदै मात्र २१५ रन बनायो ।

 

अन्तिम बलमा जीतका लागि २ रन आवश्यक भएको अवस्थामा फ्रेड क्लासनलाई कप्तान पारसले रनआउट गरेपछि नेपालले नयाँ इतिहास रच्न सफल भयो ।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्यानहरु नेपाली क्रिकेटका हिरोहरुसँग फोटो खिचाउन व्यस्त देखिन्थे ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...