ऐतिहासिक क्रिकेट खेलेर फर्कियो नेपाली टोली, आज यसरी हुँदैछ स्वागत



हाम्रो इकोनोमि

 

नेपाललाई एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत दिलाएर नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ ।

नेपाललाई एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत दिलाएर फर्किएको नेपाली क्रिकेट टोलीलाई आज शहर परिक्रमा गराएर भव्य स्वागत गर्ने कार्यक्रम छ ।

एकदिवसीय मान्यता प्राप्त गरेपछि नेदरल्याण्डस्लाई पराजित गर्दै नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जीत हासिल गरेको थियो ।

 

रोमाञ्चक रुपमा खेल जितेर कार्डियाक किड्सको उपमा पाएको नेपालले दोस्रो एकदिवसीय खेलमा  १ रनको जीत हासिल गर्न सफल रहेको थियो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा अलआउट हुँदै २ सय १६ रन बनायो ।

 

जीतका लागि २ सय १७ रनको लक्ष्य पाएको नेदरल्याण्डले अन्तिम ओभरको अन्तिम बलमा अलआउट हुँदै मात्र २१५ रन बनायो ।

 

अन्तिम बलमा जीतका लागि २ रन आवश्यक भएको अवस्थामा फ्रेड क्लासनलाई कप्तान पारसले रनआउट गरेपछि नेपालले नयाँ इतिहास रच्न सफल भयो ।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्यानहरु नेपाली क्रिकेटका हिरोहरुसँग फोटो खिचाउन व्यस्त देखिन्थे ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...