अमेरिकालाई धोका दिँदै उत्तर कोरिया, रुस र चीन कोरियाको पक्षमा



हाम्रो इकोनोमि

 

उत्तर कोरियाले लगाताररुपमा आफ्नो परमाणु परीक्षणस्थल बन्द गरिएको बताउँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उत्तर कोरियाको विषयमा किम जोन उनसँग भएको शिखर वार्तापछि मौन देखिएका छन् । यस्तोमा के उत्तर कोरियाले आफ्नो परमाणुको कार्यक्रम साँच्चै रोकेको हो त ? भन्ने प्रश्नचिन्ह खडा भएको छ ।

 

अमेरिकाको विवरणलाई आधार मान्ने हो भने यसको उत्तर होइन भन्ने नै आउँछ । पछिल्लो ६ महिनादेखि उत्तर कोरियाको प्रतिबन्धको विषयमा गरिएको निगरानीको क्रममा संयुक्त राष्ट्रसंघको नियमको पालना नभएको पाइएको हो । गत शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार यो अवधिमा उत्तर कोरियाले आफ्नो परमाणु तथा मिसाइलको काम नरोकेको बताइएको हो । साथै उसले पेट्रोलियम पदार्थ तथा कोइलाको हस्तान्तरणको कार्य पनि जारी राखेर राष्ट्रसंघको प्रतिबन्धको उलंघन गरेको बताइएको छ ।

 

राष्ट्रसंघको विवरणमा पछिल्लो समय उत्तर कोरिया सिरियालाई सैन्य सहयोग गरिरहेको र आगामी दिनमा यमनको हुति विद्रोहीलाई हतियार बेच्ने दाउमा रहेको उल्लेख गरिएको छ । यतिमात्र नभई उत्तर कोरियाले सन् २०१७ को र्माचदेखि २०१८ को बीचमा १० करोड डलरबराबरको उत्पादन चीन, घाना, भारत, मेक्सिको, थाइल्याण्ड, टर्की र उरुग्वेमा बिक्री गरी प्रतिबन्धको उलंघन गरेको विवरणमा उल्लेख गरिएको छ ।

 

रुस र चीन प्रतिबन्ध घटाउने पक्षमा 

पछिल्लो समय रुस र चीन उत्तर कोरियामाथिको प्रतिबन्ध घटाउनुपर्ने सुझाव दिने मनस्थितिमा रहेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो । गत जुन महिनामा अमेरिकी राष्ट्रपति ट्रम्प र किम जोन उनको बीचमा भएको वार्तापछि उत्तर कोरियाले आफ्नो परमाणुको कार्यक्रम बन्द गर्ने प्रतिबद्धता जनाएको थियो ।

 

अमेरिका र सुरक्षा परिषद्का अन्य सदस्यहरुले भने उत्तर कोरियाले ठोसरुपमा कुनै कदम नचालेसम्मका लागि उसमाथिको प्रतिबन्ध जारी राख्नुपर्ने बताएका छन् ।  अहिले सार्वजनिक भएको विवरणमा उत्तर कोरियाले जहाजको माध्यमबाट अवैध कारोबार गर्दै आएको बताइएको छ ।

 

२००६ देखि उत्तर कोरियामा लगातारको प्रतिबन्ध 

सुरक्षा परिषद्को सर्वसम्मतिको निर्णयअनुसार सन् २००६ मा नै उत्तर कोरियामाथि प्रतिबन्ध लगाइएको थियो । उ्रक्त समयमा उत्तर कोरियाको परमाणु तथा ब्यालेस्टिक मिसाइल कार्यक्रम रोक्नका लागि कोइला, फलाम, लिडलगायतका उत्पादनहरुको निर्यात रोक्नका लागि यो प्रतिबन्धको योजना ल्याइएको थियो ।

विशेषकहरुका अनुसार अहिले उत्तर कोरिया सिरियामा लगाइएको सैन्य सहयोगको प्रतिबन्धको उलंघन गरिरहेको देखिएको हो । उत्तर कोरियाका प्राविधिहरुले सन् २०११, २०१६ र २०१७ मा सरियाको भ्रमण गरेका थिए ।
अमेरिका के भन्छ ?

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने उत्तर कोरियामाथि लगातारको दबाब दिनुपर्ने पक्षमा अमेरिका रहेको बताएका छन् । अझै पनि उत्तर कोरियाको परमाणु कार्यक्रममा लगाम लगाउनकाल लागि ठोस कदम उठाउन बाँकी रहेको अवस्थामा राजनीतिक तथा आर्थिक दबाब जारी राख्नु आवश्यक रहेको पोम्पेओले बताएका हुन् । त्यसका साथै अमेरिकी विदेशमन्त्रीले रुस र चीनलाई पनि राष्ट्रसंघको प्रतिबन्ध नतोड्नका लागि चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...